कमल ३ का वडा सदस्य गुरुङ्गको मृत्यु 

0
34

कमल ।

झापाको कमल गाउँपालिका ३ का वडा सदस्य एङ्गल गुरुङ्गको आज मृत्यु भएको छ ।

४४ वर्षीय गुरुङ्गको हृदय घातका कारण विरामी भई विर्तामोड स्थित विएमसी अस्पतालमा उपचारका क्रममा आज अपरान्न ३ बजे मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।

गुरुङ्ग करिब एक महिना अगाडी हृदय घातका कारण विरामी भई उपचार पछि सामान्य अवस्थामा रहनुभएको थियो । तर गएराती पुनःसोही समस्या दोहोरीय पछि वहाँलाई थप उपचारकालागी अस्पताल लगिएको थियो ।

उपचारको क्रममा गुरुङ्गको मृत्यु भएको काका चक्र बहादुर गुरुङ्गले बताउनु भयो । गुरुङ्गका श्रीमती र एक छोरी हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here