आधुनिक सहरीया, मोर्डन, फेशनेवल हुनुपर्छ अनि समय सापेक्ष चल्न जान्नुपर्दछ र समान हैसियत बनाउनुपर्दछ भन्ने विचार अहिलेको युवा अनि वयस्क दुवैमा हावी छ । परिवार बन्धनका महिलाहरु र नेतृत्वका वृद्धवृद्धा समेत यस अवधारणाबाट अछुतो छैनन् । सामान्यतया कुनै पनि विषय, घटना, वस्तु, अवस्था, विचार र व्यापारसँग सम्बन्धित कुराहरुको स्वीकार गर्नुु वा त्यसका विशेषताहरु मनपराउनु अनि त्यसलाई अंगीकार गर्नु अवधारणा हो । समाज यस्ता अवधारणाहरुको बहुमतमा छ जसको कुनै दुष्प्रभावलाई निष्प्रभावी बनाउन थौरै मात्र कसरतले पुग्दैन । उसका यस्ता नकारात्मक ज्ञान, धारणा, विचार, आचारण र स्वभावमा सकारात्मक परिवर्तका निमित्त उसमा विशेष र विशिष्ठ किसिमका तर्कसंगत र प्रभावित तथ्यहरु पेश गरेमा अनि त्यसको वारम्बारतालाई जोड दिएमा मात्र सफलता प्राप्त गर्न सकिने देखिन्छ ।
यहाँ प्रसंग जाडो महिनाको हो अनि प्रसंग यस महिनामा यहाँका आधुनिक समस्याले प्रयोगमा पाउने मद्यपान र धुम्रपानको हो । ‘कस्तो चिसो छ एउटा दिनु त साहु जी’ भन्दै विभिन्न ब्राण्डका चुरोट माग्ने स्कूल कलेजका डे«समा आउने विद्यार्थी युवाको हो तथा छुट्टि मनाउन साथीभाइ भेला गरी शरीर तताउन भन्दै मद्यपान गराउने र गर्ने आधुनिक कर्मचारी व्यापारी, बुद्धीजीवी, कामकाजी महिला अनि मजदुर वर्गको पनि हो । जसलाई नयाँ वर्ष, पुर्नमिलन, ग्यादरिङ, रिफ्रेसमेन्ट पार्टी, वर्थ डे, एनिभर्सरी, गुड फ्राइडे र पिकनिक इत्यादिले एकजुट बनाउने गर्दछ । यहाँ यस मौसममा यस्ता अवधारणाले भरिएका व्यक्तित्वहरुको जमात हामी हाम्रै स्थानीय पिकनिक स्पटहरु तथा पर्यटकीय स्थलहरुमा नियाल्दा प्रशस्तै भेट्न थालेका छौं भने यसबाट निम्तिएको अप्ठ्यारा, अशोभनीय घटना र सवारी दुर्घटनाहरु बारे हामी दिन दिनै अद्यावधिक हुन थालेका छांै । जाडोमा धुम्रपानले अरुभन्दा फरक, स्मार्ट साथीभाइहरुमा मेलमिलाप गराउने नभई विविध प्रकारका रोगहरु निम्त्याउँदछ भन्ने कुराहरु आफूलाई आधुनिक देखाउन चाहने युवालाई बुझाउन जरुरी छ । यसको सेवनले छाला, जिब्रो, मुख, घाँटी तथा फोक्सोको आकस्मिक तथा गम्भीर दीर्घकालीन रोगहरु लाग्छ । यस बारे उनीहरुलाई सचेत गराउँदै यसको सेवन रोक्न उनीहरुबाटै प्रचारप्रसार गराउन सक्ने प्रावधानको योजना गरिनुपर्दछ ।
जाडोमा जिउ तताउन रक्सी (अल्कोहल) खाएमा फाइदा गर्दछ भन्ने भ्रम यो पिउने समुदायमा व्याप्त छ । धर्म संस्कृतिका नाममा, सगुनका नाममा चलनचल्तीको नाममा अनि जातले पाएको भन्दै प्रतिष्ठा बढाउन र संगत समान बनाउन भन्दै मदिरा (अल्कोहल) को प्रयोग बढ्दो छ । त्यसमाथि जाडो महिनामा सँधै थोरै–थोरै पिएमा जाडो काट्छ, जिउ तताउँदछ र दवाईको काम गर्दछ भन्ने जस्तो गलत र भ्रामक विचारले त झनै बुझ्नेलाई पनि अबुझ बनाइ दिएको छ । यसमाथि चिसोमा विहान–बेलुका लामो यात्रा गर्दा, सवारी चलाउँदा, चिसोमा काम गर्दा विहानैबाट अल्कोहल पिएर मात्र काम गर्ने र यात्रा गर्ने चलन बढ्दो छ । जसले गर्दा कुहिरोको समयमा सवारी दुर्घटना, कार्यस्थलमा दुर्घटना र अन्य रोगव्याध सम्बन्धि जोखिमहरु बढ्दै गएको छ । यसले हृदयघात, मस्तिष्कघात, मुटु कलेजो सम्बन्धि समस्याहरु, कडा प्रकृतिका आकस्मिक स्वास प्रश्वास सम्बन्धि समस्याहरु निम्त्याइरहेको छ । अखबारहरुले देशका विभिन्न ठाउँमा राति मदिरा सेवन गरी सुतेको व्यक्ति विहानको सूर्योदय र उज्यालो देख्न नपाएको दुःखद् समाचारहरु प्रकाशित गर्न थालेका छन् । विशेषज्ञहरुको व्यक्तिगत अभिलेखहरुमा र अस्पतालको रिपोर्टिङमा गत वर्ष झैं यस चिसो मौसममा धुम्रपान, मद्यपानका कारण यस्ता प्रकृतिका आकस्मिक तथा पुराना रोग भएका विरामीको अस्पतालमा चाप बढेको देखिन्छ । त्यस्तै चौतर्फी रुपमा शर्तक रहन सम्बन्धित पक्षबाट विज्ञप्ति नै निकालेर सुझाएको अवस्था पनि छ भने कम वर्षाका कारण भएको अत्याधिक प्रदुषण र मानवीय व्यवहारले गर्दा चिसो हुन सक्ने जोखिमको मात्रा अझ बढ्ने देखिएको छ । यो मौसममा चिसो स्थान र हिऊँ जम्ने ठाउँ भएको वातावरणमा त झन् यस्तो खराब बानी र मानवीय चरित्रले जोखिम र जटिलता उत्पन्न गर्दछ ।
हाम्रो शरीर छालाले ढाकिएको छ । जसको मुनि असंख्य स्नायु रेशाहरु र रक्त प्रवाहका निम्ति रक्तकेशिकाहरु जालो झैँ फैलिएका हुन्छन् भने तापक्रम अनुभव गर्ने केन्द्रहरु (ज्भबत क्भलकयचक) हरु पनि ठाउँ–ठाउँमा हुने गर्दछन् । जसले चिसो र तातोपनाको अनुभवहरु मस्तिष्कमा पठाउने गर्दछ । जब व्यक्तिले मादक पदार्थ या रक्सी सेवन गर्दछ यसमा हुने विशेषताले मानवलाई भ्रम पैदा गर्दछ । मादक पदार्थ (अल्कोहल)मा हुने एक विशेषता भनेको रक्तकेशिकाहरुलाई फराकिलो पार्नु या फुकाउनु हो । मानिसले यस्तो अदृष्य प्रकृयालाई सजिलै विश्वास त गर्न सक्दैन तर के हो भने अल्कोहल सेवन पश्चात् छालामा रहेका रक्तकेशिकाहरु फुल्दछन् फलस्वरुप, यहाँ रगतको प्रवाह बढ्दछ र शरीरभित्र प्रवाहित तातो रगत छालामुनिको भागमा आउँदा हामीलाई क्षणिक तातो भएको महशुस हुन्छ । किनकि त्यहाँका ताप केन्द्रहरुले मस्तिष्कमा त्यही सूचना दिने गर्दछन् । तर यदि हामी चिसो मौसममा छौँ भने या यो तापक्रम कमी हुने मौसममा हाम्रो बाहिरी छालाको सतहमा आएको रगत तुरुन्त चिसो भई मुख्य सञ्चार नलीमा गइरहेको हुन्छ । फलस्वरुप मुख्य अंगहरु मस्तिष्क, कलेजो, मुटु, फोक्सो, मृगौला इत्यादिको तापक्रम चिसो रगतले गर्दा न्यून हुदैँ जाने गर्दछ भने बाहिरी भागका हिट सेन्सरहरुले आफू तातो नै भएको मस्तिष्कलाई सम्वेदनाहरु पठाउँदछन् । यसरी यही क्रम धेरै बेरसम्म रहेमा व्यक्तिको मुटुको चालमा असर गर्ने, श्वासप्रश्वास प्रकृयामा असर गर्ने, चेतना हराउने र काम्ने समेत भई मृत्यु हुन सक्दछ । यस चिसो मौसममा शरीर तताउन भनेर अल्कोहलमा अन्य पदार्थ मिसावट गरी पिउँदा पसिना आएको छ भने भित्रि अंगहरुमा चिसो रगत प्रवाह हुने क्रम अझ तीव्र हुन्छ । किनकि यस बेला मुटुले तीव्र गतिमा चाल पैदा गरी रक्त प्रवाह बढाएको हुन्छ । यसरी हाम्रो बहिरी भागहरु आँखा, अनुहार, नाक, कान, हत्केला आदिका छालामा तीव्र रक्त प्रवाहका कारण तातो र रातो भएको हुन्छ भने यथार्थमा हाम्रा भित्रि मुख्य अंग र प्रणालीहरु चिसिँदै गएका हुन्छन् । जसले व्यक्तिलाई मृत्युको मुखसम्म पु¥याउन सक्दछ । त्यसकारण यस चिसो मौसममा शरीर तताउँदछ र आनन्द दिलाउँदछ भनेर मदिरा सेवन गर्नु ठूलो भ्रम अनि जोखिम र हानिकारक हुनेछ । जुन प्रयोगात्मक र प्रमाणित तथ्य हो ।
कगचभकजपजबतष्धबमबज्ञज्ञद्द२नmबष्।िअयm