पथरी शनिश्चरेमा ग्यास डिलरहरूको अनुगमन

0
2

पथरी शनिश्चरे ।

पथरी शनिश्चरे नगरपालिकामा खाना पकाउने ग्यास (एलपीजी) अभाव भएको जनगुनासो आएपछि नगरपालिकाको अनुगमन टोलीले ग्यास डिलरहरूको अनुगमन गरेको छ।

मंगलबार पथरी बजार र शनिश्चरे बजारका विभिन्न डिलरहरूमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा केही डिलरहरूले लेखिएको भन्दा कम तौल भएका ग्यास सिलिन्डर बिक्री गर्ने गरेको पाइएको छ। साथै, उपभोक्तालाई ‘ग्यास छैन’ भन्दै फर्काउने तर भित्र लुकाएर ग्याँस राखेको अवस्था समेत फेला परेको छ।

नगरको अनुगमन टोलीले ती ग्याँस डिलरहरू विरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ। नगरका अनुगमन निरीक्षक एकराज खत्रीले भन्नुभयो-‘गलत कार्य गर्ने डिलरहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ तथा सम्बन्धित दफा–नियमावली बमोजिम कानुनी कारवाही गरिनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here