माईमा वन डढेलो सप्ताह मनाइदैँ

0
2

विमल दहाल, इलाम ।

डिजिटल वन कार्यालय इलाम र माई सव डिभिजन वन कार्यालय सुखानीको आयोजनामा वन डढेलो व्यवस्थापन सचेतना सप्ताह अन्तरगत विभिन्न कार्यक्रम भइरहेका सञ्चालन भएका छन ।

“वन डढेलो नियन्त्रण गरौ, वन जंगल जगाऔ” भन्ने नाराका साथ माईमा डढेलो नियन्त्रणका लागि सामुदायिक वन समुहहरुको सहभागितामा शुक्रवार र्याली सम्पन्न भएको छ। चैत्र १ गते देखि ७ गते सम्म बिभिन्न कार्यक्रम गर्दै सरोकार कार्यालय तथा वन समुहहरु सप्ताहा मनाई रहेका छन । सप्ताहा अन्तरगत जनचेतना, अन्तरकृया, र्यााली, गोष्ठी, सुचना प्रशारण तथा डढेलो नियन्त्रण सचेतना माई नगरपालिका भित्रका गाँउ गाँउमा सञ्चालन गरिएकोे सव डिभिजन कार्यालय सुखानीका ईन्चार्ज शिचन्द्र यादवले बताउनुभयो ।

कार्यक्रम अन्तरगत सुखानी सव डिभिजन कार्यालय माई ४ को लखनचौक शुक्रबारे देखि मस्ते सितली हुदै नगरपालिका प्राङ्गणमाआएर समापन भएको प्रमुख यादवले वताउनु भयो। दाहालटार, सुखानी, नमुना, कालिखोला, जुनतारा सामुदायिक वन उपभोक्ता समुह लगायतको सहभागिता रहेको थियो ।

माई सव डिभिजन वन कार्यालय इन्चार्ज यादवका अनुसार वन डडेलो नियन्त्रण तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय इलामको अनुरोधका आधारमा सचेतना प्रदान गरिएको छ । सप्ताह सचेतना अन्तरगत वन डडेलोका कारण, असर, नियन्त्रणका उपायहरु र आगोलागी गराउनेलाई हुनसक्ने दण्ड सजायको वारेमा जानकारी गराईएको छ । वन डडेलोबाट हुने असरहरू रुखबिरुवा तथा वन्यजन्तु क्षति हुनु, पानीको मुहान सुक्दै जानु, जैविक विविधतामा ह्रास आउनु, कृषि उत्पादनमा कमी हुनु, वातावरणीय प्रदूषण रहनु, मानव र वन्यजन्तु बीच द्वन्द हुनु रहेका छन्।

बन कार्यालयका कर्मचारी, सामुदायिक वन समुहका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको समापन कार्यक्रमलाई माई सव डिभिजन वन कार्यालयका इन्चार्ज शिवराम यादवले धन्यवाद सहित सम्पन्न गर्नु भएको थियो। बन डढेलो नियन्त्रणका उपायहरू जनचेतना तथा प्रचारप्रसार, वन डडेलो सम्बन्धी विषयमा पाठ्यक्रम समावेश, वन व्यवस्थापन र अग्निरेखा निर्माण, वन डडेलो अनुगमन र पहिचान, काम सकिएपछि आगो निभाउने लगायतका कार्य गर्नुपर्ने बताइएको छ।

चैत, वैशाख डढेलो नियन्त्रण र जेठलाई नेपालमा सबभन्दा बढी आगलागी हुने समय मानिन्छ । डढेलो व्यवस्थापन हिउँदमा पानी पर्न छोडेका कारण आगलागीका घटना बढने गरेको छ । सरकारले सामुदायिक वन समुदायलाई हस्तान्तरण गरेर जनताको स्वामित्वमा बन रहेको भएपनि डढेलो रहदा संरक्षणको सट्टा नियन्त्रण नगरी चुप लागेर बस्ने परम्पराले सामुदायिक वनको डढेलो लामो समय सम्म नियन्त्रण बाहिर रहने गरेको छ । अहिले सामुदायिक बनका उपभोक्ता सेवा मुखि भन्दा पनि नाफामुखी कार्यमा बढी कृयाशिल रहेको देख्न सकिन्छ ।

सामुदायिक वन व्यवस्थापनका कार्ययोजनाहरूमा डढेलो व्यवस्थापनको विषयलाई गम्भीरताका साथ लिइएको पाइँदैन । डढेलो नियन्त्रण कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन नगरिएको कारणनै अहिले हरियो बन बिनासको अबस्थामा आएको छ । प्राकृतिक कारणले पनि वनमा डढेलो लाग्छ, तर अहिलेको विनाशमा मानवीय कारण बढी जिम्मेवार छ । तालिम प्राप्त जनशक्ति र स्रोतसाधनको अभावले डढेलो नियन्त्रण कार्यक्रम प्रभावकारी हुनसकेको छैन ।

डढेलो लगाउनेलाई दण्डित गर्ने कानूनी व्यवस्था भए पनि कार्यान्वयन प्रभावकारी छैन । मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ । वन ऐन, २०७६ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने’ व्यवस्था गरिएको छ।

वन ऐन २०७६ को दफा ५० को उपदफा ४ बमोजिम दफा ४९ को खण्ड घ अन्तर्गत राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी ३ वर्षसम्म कैद वा साठी हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । डढेलोबाट हुने जन, धन, वन, जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीको क्षति न्यूनीकरण गर्दै उचित व्यवस्थापनबाट वनको उत्पादकत्वमा टेवा पुर्याउनु रणनीतिको लक्ष्य रहेको उल्लेख छ ।

रणनीतिमा डढेलो निरोधात्मक र नियन्त्रण शीर्षकमा वन जोगाउन विभिन्न उपाय अवलम्बन गर्ने भनिएको छ । रणनीतिमा डढेलो विपत् निर्देश प्रणाली विकास गरी वन क्षेत्रका संरचनाहरूमा दक्ष जनशक्तिको व्यवस्था गर्ने, डढेलो प्रकोप बढी हुने निश्चित अवधिका लागि सरकारले डढेलो संकट अवधि घोषणा गरी राज्यका सबै अंगलाई तयार रहन तथा नियन्त्रणमा लाग्न आदेश जारी गर्ने व्यवस्था मिलाउने, वर्षमा एक पटक डढेलो व्यवस्थापन सप्ताह मनाउने व्यवस्था गर्ने भनिएको छ । सोही अनुरुप चैत्र १ गते देखी ७ गते सम्म डढेलो सप्ताह मनाउने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here