निर्वाचनको उत्कृष्ट रिपोर्टिङ गर्ने पूर्वाञ्चल दैनिकका सह सम्पादक भण्डारी र अन्नपूर्णका पत्रकार वुढाथोकी पुरस्कृत

0
2

झापा, गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्कृष्ट रिपोर्टिङ गरेको भन्दै झापा र मोरङका दुई जना पत्रकारलाई नयन मिडिया फाउण्डेशनले पुरस्कृत गरेको छ ।
नयन मिडिया फाउण्डेशनको आयोजनामा इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजित ‘कोशी एक्सिलेन्स अवार्ड’ वितरण समारोहमा पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारी तथा अन्नपूर्ण पोस्टका पत्रकार किशोर बुढाथोकीलाई पुरस्कृत गरिएको हो।
कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानपत्र प्रदान गरेका थिए भने फाउण्डेशनका अध्यक्ष पवन अधिकारीले नगद पुरस्कार हस्तान्तरण गरेका थिए।
११ हजार रुपैयाँ पुरसकार राशिको सो पुरस्कार निर्वाचनलाई केन्द्रित गर्दै फाउण्डेशनद्वारा सञ्चालित ‘प्रदेश खबर’ ले उत्कृष्ट निर्वाचन रिपोर्टिङ गर्ने पत्रकारलाई सम्मान गर्ने घोषणा गरेको थियो। सोहीअनुसार देशभरका पत्रकारहरूबाट आवेदन आह्वान गरिएको थियो ।
फाउण्डेशनले तय गरेको विषयमा केन्द्रित भई समाचार संकलन तथा प्रकाशन गरेका भण्डारी र बुढाथोकीलाई पुरस्कृत गर्दै आगामी दिनमा समेत सहकार्यका लागि आग्रह गरिएको छ।
यसै अवसरमा फाउण्डेशनले कोशी प्रदेशभित्र विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने १६ जना व्यक्तिलाई ‘कोशी एक्सिलेन्स अवार्ड’ प्रदान गरेको छ भने थप ९ जनालाई विशेष सम्मान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here