प्रेसरको औषधिले मृगौलालाई फाइदा

४ माघ २०७२, सोमबार मा प्रकाशित

Untitled-1 copyआँखाको अपरेशन गर्न पाँचथरबाट आउनु भएका मामालाई प्रेसर कन्ट्रोल गराएर मात्र अपरेशन गर्ने भन्दै आँखा अस्पतालबाट फर्काएपछि होम जी मेरो क्लिनिकमा आउनुभयो । प्रेसरमाथिको १६० र तल ११० पाएपछि मैले पनि तुरुन्त डाक्टरलाई देखाएर आवश्यक जाँच गर्दै औषधि चलाउन सल्लाह दिएँ । मामाले आनाकानी गर्नुभयो भने होम जीले पनि दुईचार दिन नाप्दै विचार गर्ने बताउनु भयो ।
एकछिनको कुराकानीमा थाह भयो मामालाई कसैले डाक्टरको औषधि चलाएमा सँधै खाइरहनु पर्छ अनि छोड्यो भने प्रेसर ह्वात्तै बढेर मरिन्छ भनी नखान सल्लाह दिएको रहेछ । स्थानीय सञ्चारमाध्यममा समेत आबद्ध होम जीलाई पनि आफ्नै एक आयुर्वेदका हितैसी मित्रले अंग्रेजी दवाईको डरलाग्दो साइड ईफेक्ट हुने र यसले किड्नी, मुटु र कलेजो सखाप नै पार्छ भन्दै दवाई नखान दिएको सल्लाह ढुङ्गाको अक्षर सरह छापिएको रहेछ । मेरो सुझावलाई उहाँले सजिलै प्रतिकार गर्नु भयो र आफूलाई १५०÷१०० हुँदा पनि केही असर नभएको भन्दै मामालाई अलिक दिन विचार गरेर ल्याउने भन्दै हिंड्नुभयो । ‘हाम्रो बाबाले त टाउको झड्का हान्दा, रिंगाटा लाग्दा र दुख्दा मात्रै प्रेसरको औषधि खानु हुन्छ ।’ मेरी घरबेटी दिदी मिरा कडरिया आफ्नो श्रीमान्को बचावट गर्दै औषधि सँधै खाएमा लत लाग्ने बताउनुहुन्छ । यसरी हेर्दा कोही सल्लाह दिने बित्तिकै होला त नि भनेर सम्बन्धित विशेषज्ञकोमा जाने गर्दछन् भने कोही उच्च रक्तचापको असर नै छैन किन बेकारमा खर्च गर्ने भनेर आफूले धेरै प्रेसर पनि खप्न सक्ने भन्दै गर्व गर्ने गदर्छन् । प्रेसर बढी हुँदा पनि औषधि शुरु गर्न रक्तचापको असर नै हुनुपदर्छ भन्ने वा असर नै खोज्ने अनि असर नै नभएको अवस्थामा कसरी औषधि चलाउने भन्दै हाम्रा शिक्षित समाजका अगुवाहरु नै आज भोलि अन्यौलमा छन् । प्रेसर नै नजचाइँ गाउँमै व्यस्त होम जीको मामा जस्तै हाम्रा आमाहरु, काकाहरु, दाइहरुमा रक्तचापको असर पर्खदा र देखा पर्दा सम्ममा धेरै विग्रिसकेको हुनेछ ।
यस पेशाको डेढ दशकको अनुभवमा प्रायः अरु बेला भन्दा चिसो मौसममा समस्या ल्याउने उच्च रक्तचापको औषधि प्रयोग गर्नुपर्दछ । शरीरकोे रगतमा हुने बोसोको जाँच गर्नु पर्दछ, आँखा, मृगौला तथा कलेजोको अवस्था परिक्षण गरी विशेषज्ञलाई देखाएर औषधि प्रयोग गर्नै पर्दछ भनी दिएको सल्लाहलाई व्यापारिक प्रयोजनको सल्लाह ठानेको र पछि एक औषधिले हुने ठाउँमा धेरै औषधि खानु परेको उपचारमा आएका विरामीले भनेको पनि पाएको छु ।
विश्व स्वास्थ्य संगठनको एक सर्वक्षण अनुसार मुटुरोग, मृगौला रोग र मस्तिष्क घातको बिरामीहरुमा उच्च रक्तचापले अझ जोखिम पैदा गर्दै असामयिक मृत्युको शिकार बनाएको छ । संसार भरिनै हुने असामयिक र आकस्मिक मृत्युहरुमा उच्च रक्तचापका कारण हुने मृत्यु सबैभन्दा बढी छ । त्यस्तै संसार भरिमा मुटु रोग तथा नसर्ने रोगबाट हुने मृत्युको ८० प्रतिशत हाम्रो जस्तो पिछडिएको र विकासशिल मुलुकहरुबाट पर्दछन् भने त्यसमा आधा भन्दा बढी उत्पादन मुलक उमेरका (पैसा कमाउने उमेर) मानिसहरु पर्दछन् । पैसा कमाउने उमेर भन्नाले प्रायः घरमुलीको कुरा आउने गर्दछ । त्यसकारण सही रुपमा औषधि गर्नु गराउनु र जाँच गर्नु भनेको सम्पूर्ण परिवारको हेरचाह गर्ने व्यक्तिको हिफाजत गर्नु हो । जुन सम्पूर्ण परिवार अनि राष्ट्रको समृद्धि र उन्नती सँग सरोकार राख्ने गर्दछ ।
झापाको बिर्तामोडमा आफ्नै क्लिनिक सञ्चालन गरेर बस्नु भएका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. डिके आचार्य भन्नुहुन्छ– उच्च रक्तचापले शरीरका मुख्य चार अंगहरु मृगौला, मस्तिष्क, मुटु र आँखामा असर गर्ने र असर नै देखिएको छैन किन औषधि चलाउने भन्दै हेलचेक्र्याँइ गर्नु हुँदैन । यस्तो गरेमा हार्ट फेलियर, ब्रेन ह्यामरेज, रेटिनोप्याथि तथा किड्नी फेलियर हुन सक्ने र जटिल प्रकृतिका शारिरीक विछिप्तताहरु देखापर्छ । आफ्नो क्लिनिकमा आउने कतिपय बिरामीहरुले करेला तथा अन्य तीतो पदार्थको प्रयोगद्वारा प्रेसर घटाउन थालेको र औषधि छोडेको पनि भन्ने गरेको पाएको आफ्नो अनुभव डा. आचार्य सुनाउनुहुन्छ । औषधिले लत लाग्ने, छुटाउन गाह्रो पर्ने तथा साइड ईफेक्ट हुन्छ भन्ने जस्ता गलत सोचाईलाई चिकित्सक, स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरु, फर्मासिस्ट तथा औषधि व्यवसायीहरु र स्वयम् परिवारका सदस्यहरुले परिवर्तन गर्न जरुरी छ भन्दै उच्च रक्तचापलाई साइलेन्ट किलर डिजिजको संज्ञा दिनुहुन्छ डा. आर्चाय । जसले थाहै नदिई भित्रै भित्रै शरीरका मुख्य अंगहरुमा क्षति गरी मृत्युको मुखमा पु¥याउने गर्दछ ।
नेपाल हर्ट फाउण्डेशन झापाका अध्यक्ष समेत रहनु भएका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सीपी यादव आफ्नो वहिरङ्ग विभागमा परामर्शका लागि दैनिक आउने विरामीहरु मध्ये दश–बाह्र जना जसो उच्च रक्तचापबाट पीडित रहने गरेको र त्यसमा डिफल्टर (औषधिवीचमै छाडेका) समस्याहरु पनि हुने गरेको बताउनुहुन्छ । शरीरमा हुने समस्याहरु मध्ये धेरै सेन्सेटिभ मानिने उच्च रक्तचापलाई सामान्य रुपमा लिएर केही कमी हुने वित्तिकै आफंै औषधि छाड्नेहरुमा वास्तवमा यससंग सम्बन्धि पूर्ण ज्ञान नै नभएकोहरु पाएको यादव बताउनुहुन्छ । आफ्नो संस्थाले वेला–वेलामा मुटु तथा उच्च रक्तचाप सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको अवस्थामा यसलाई अझ प्रभावकारी बनाउन झापामै सामाजिक क्षेत्रमा कार्यरत संघ–संस्थाहरुले आफ्नो सहयोग मागेमा जुनसुकै समयमा पनि निःस्वार्थ भावनाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु हुन्छ । हामी पैसामुखी नभएर सेवामुखी बनौं, यस्तो जटिल समस्यालाई गलत प्रचार नगरौँ, औषधि प्रयोग गर्नुपर्ने अवस्थालाई भाम्रक नबनाऔँ भन्दै व्यवहार परिवर्तन तथा सुधार नै उच्च रक्तचापको नियन्त्रणको मूल मन्त्र हो भने औषधि नियमित गरी क्षति न्यूनीकरण गर्नु अर्काे अस्त्र हो, औषधि प्रयोगले कुनै अंग वा प्रणालीलाई क्षति नगर्ने तर सुरक्षित गर्ने बताउनुहुन्छ । वयस्क मानिसले आफ्नै प्रेसर १४०÷९० हुनु अन्तिम विन्दु मानी चिकित्सकको सम्पर्कमा जानु पर्दछ भने १२०÷८० सेरोफेरोलाई सन्तुलित रक्तचापका रुपमा मानिन्छ । शुरुमा औषधि नचलाउनु चाहिँ गलत हो तर अण्डर फिप्टिकालाई औषधि चलाएको केही महिना पछि हामीले औषधि घटाउने पनि गर्दछौँ भन्दै कति मात्रा खाने, कति दिन खाने भन्ने कुरा भित्रि जाँच पश्चात् मात्र भन्न सकिने र त्यो कुरा वंशानुगत मोटोपना, स्वास्थ्य अवस्था, रक्तचापको प्रकृति, जीवनशैली र उमेर इत्यादिमा भर पर्ने हुन्छ ।
बुदाँगत रुपमा नै भन्ने हो भने उच्च रक्तचापका औषधिहरु भनेका लाईफ सेभिङ औषधिहरु हुने जसले व्यक्तिको जीवनमरणसँग सम्बन्ध राख्दछ न कि यसले साइड इफेक्ट गरी मृगौला, कलेजो, मुटु र अरु अंगमा क्षति पार्दछ । कुनै पनि औषधि विज्ञानको अध्ययनले उच्च रक्तचापको औषधिले मृगौला फेल गराउने या असर गर्ने र कलेजो बिगार्ने उल्लेख गरेको छैन यसले त मृगौलालाई झनै फाइदा गराउँदछ र कतिपय औषधिले मृगौलाको कार्य क्षमता बढाइ प्रेसर नियन्त्रण गर्न सहयोग गर्दछ । यस्ता औषधिले मृगौला विगार्ने गर्दछ भन्नु भनेको अर्धज्ञान भएकाले फैलाउने भ्रम मात्र हो ।
त्यस्तै न त मिरा दिदीलाई लागे जस्तो उच्च रक्तचापको औषधि खाएमा बानी पर्ने या लत लाग्ने हुन्छ । त्यो लत लाग्ने समूह भनेको त केन्द्रीय स्नायु प्रणालीमा असर गरी काम गर्ने एन्टी डिप्रेसेन्ट, एन्टी साईकोटिक्स्, हिप्नोसेडेटिभ आदि समूह अन्तर्गतका औषधिहरु हुन् जुन फार्मेसीमा पूर्जा अनुसार फरममा रेकर्ड राखेर विक्री गरिन्छ । यो उच्च रक्तचापको औषधि भनेको समूह नै अलग हो जुन एन्टी हाइपरटेन्सिभ औषधिको समूहमा पर्दछ । रक्तचाप नियन्त्रण गरे पछाडि प्रेसर बढ्नुको कारणको निराकरण पछाडि औषधि छाड्न या घटाउन मिल्ने प्रकृतिको हुन्छ तर दवाई खाँदै छाड्दै भने कदापि गर्नु हुन्न । आफ्नो जीवन शैली भने परिवर्तन नगर्ने व्यक्तिहरु , उच्च रक्तचापको कारण नखोज्ने र सामधान नगर्ने व्यक्तिहरु जो औषधि छाड्दछन् । उनीहरुले दवाइ छाड्दा पहिलेकै अवस्थामा रक्तचाप पुग्ने भएकोले भ्रमवस औषधिको बानी परेको बुझ्दछन् । एक पटक खाए पछाडि जीवनभर खानुपर्ने भन्ने भ्रम आममानिसमा छ तर यदि मोटोपना घटाउने, खानपिन नियन्त्रण र डाक्टरको नियमित सल्लाह लिने गर्दै यस प्रकृतिका औषधि छाड्न मिल्दछ ।
रक्तनली प्रत्यारोपण सम्बन्धि विशेष र विशिष्ठ तालिम प्राप्त बरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल बस्नेत आफ्नो विर्ता सीटी हस्पिटलको ओपीडी कक्षमा बोल्न र सुन्न नसक्ने एक बृद्धालाई अधिक नून नखाने, घिउ नखाने, धुम्रपान नगर्ने र आफूले लेखिदिएको रगत पातलो गर्ने औषधि नछाडिकन खाइरहन हातको इसाराले बुझाइरहनु भएको थियो । उहाँको आशय पनि लाइफ स्टाइल परिवर्तन उच्च रक्तचाप नियन्त्रण र रोकथामको पहिलो खुड्किलो त्यसपछि औषधिको नियमितता अर्काे खुड्किलो हो भन्ने नै थियो । त्यस्तै अधिक नून, अल्कोहल, धुम्रपान, अस्वस्थ आहार, मोटोपना, शारीरिक गतिविधिको कमी, उमेर वंशानुगत इत्यादिलाई आफ्नो अधिक प्रेसर हुने कारणहरु मानेर उच्च रक्तचापको असर निराकरण र न्यूनीकरण गर्न सकिने उनको आशय थियो ।
यसरी विश्वमै सबैभन्दा बढी मृत्यु हुने कारक तत्वका रुपमा मानिएको उच्च रक्तचापलाई ख्याल नगर्ने हो भने नेपालको सन्दर्भमा यसबाट पीडित पाइएका करिब तीस प्रतिशत वयस्कहरुको संख्या बढ्न गई यसबाट हुने क्षतिले भयावह रुप लिन सक्ने छ । विलासिता, व्यस्तता तथा सवारी साधनको अधिक प्रयोगका कारण अठार वर्ष माथि देखि नै रक्तचापको समस्या पाइएको हुँदा यसबारेमा सबै पक्षबाट ध्यान दिन जरुरी छ । त्यसैले औषधि विज्ञानका अनुसन्धान र विशेषज्ञ तथा फर्मासिस्टहरुको अनुभव अनि तार्किक र प्रमाणित तथ्यलाई मानेर उच्च रक्तचापको औषधिलाई शुरु गर्नु र निरन्तरता दिनु बुद्धिमानी हो भने नखानु या छाड्नु मुर्खता हो ।
उच्च रक्तचापका औषधिले हृदयघात, मस्तिष्कघात, मृगौला फेल, रेटिना ड्यामेज र अन्य प्राणघातक रोगबाट हुने क्षति न्यूनीकरण मात्र हुने छैन मृत्युबाट समेत बचाउँदछ । त्यसकारण उच्च रक्तचापका लागि औषधि खाने कि नखाने भनी सोच्नु र मनमा द्विविधा पार्नु व्यर्थ हो । औषधिले जति बढी साइड इफेक्ट गर्छ भन्ने सोचिन्छ त्यस भन्दा सयौँ गुणा बढी मृगौला, मुटु, आँखा र मतिष्कलाई सुरक्षा प्रदान गर्दै स्वास्थ्यलाभ गराउँछ ।
sureshkhatiwada112@gmail.com

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here