आमा कुटेको आरोपमा छोरा पक्राउ, आमाको उपचार हुँदै

0
4

झापा, आमालाई कुटपिट गरेको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र वहादुर खड्काका अनुसार भद्रपुर नगरपालिका–८ क्याम्पस मोड बस्ने ७९ वर्षीय वृद्धा चन्द्रमाया घिमिरेलाई उनका छोरा ३७ वर्षीय यसिस  घिमिरेले कुटपिट गरेको घटना सार्वजनिक भएको हो ।
सामाजिक सञ्जालमा छोराको कुटाईबाट आमा गम्भीर घाइते भएके भिडियो सामग्री भाइरल भएसंगै प्रहरीले कुटपिटमा सम्लग्न ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । चैत ९ गते भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । घटनामा संलग्न यसिस घिमिरेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पीडित महिलाको उद्धार गरी स्वास्थ्य उपचारका लागि व्यवस्था गरिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here