टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

0
9

विराटनगर,  कानेपोखरीमा टिपरले ठक्कर दिँदा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ ।

जहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को १ ख ६३३१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बिहान करिब ७ः४० बजे ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा साइकलमा यात्रा गरिरहेका वीरेन्द्र कार्कीको घटनास्थलमै गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते कार्कीलाई उपचारका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्‍याइए पनि बिहान करिब ८ः४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोरङ ट्राफिक प्रहरी प्रमुख सन्तोष न्यौपानेका अनुसार दुर्घटनापछि साइकल, टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अभिषेक दर्जी रहेका छन् ।

प्रहरीका अनुसार टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here