काठमाडौं, नवनियुक्त गृहमन्त्री सुधन गुरुङ जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् । उनी आफैं गाडी चलाएर परिसर पुगेको सुरक्षा स्रोतले जनाएको छ।
गृहमन्त्री गुरुङ हाल परिसरमै रहेको बताइएको छ । उनको आकस्मिक भ्रमणको कारण भने अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
यसैबीच, आजै ‘जेनजी’ घटनासँग जोडिएको आरोपमा ज्यान सम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उच्च राजनीतिक व्यक्तित्व पक्राउ परेपछि उत्पन्न परिस्थितिसँगै गृहमन्त्रीको ललितपुर परिसर आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।






























