ओली पक्राउको विरोधमा विभिन्न निर्णय

0
5

झापा । नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा विभिन्न निर्णय गरेको छ ।

बैठकले आम जनता र नागरिक समाजसँग सहकार्य गर्दै कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने, आज अपराह्न ३ बजे प्रत्येक जिल्लामा विरोध प्रदर्शन गर्ने र भोलि १५ चैत्रमा प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

सचिवालय बैठकका निर्णय

१। आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।

२। प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।

३। प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने।

४। लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here