रिहाइको माग गर्दै ओलीको गृह जिल्ला झापामा विरोध सुरु

0
1

झापा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेसंगै उनीहरुको रिहाइको माग गर्दै ओलीको गृह जिल्ला झापामा विरोध सुरु भएको छ ।

नेकपा एमाले झापाले बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयबाट निकालिएको बिरोध ¥यालीले बिर्तामोड नगरपरिक्रमा गर्दै मुक्ति चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

¥याली पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अधिकांश वत्ताहरुले नयाँ बनेको सरकारले पूर्ण रुपमा पदवहाली गर्न नपाउँदै प्रतिशोधपूर्ण कदम चालेको भन्दै बिरोध जनाएका थिए ।

राजनीतिक प्रतिशोध नजिर बन्न सक्छ भन्दै उनीहरुले पार्टी अध्यक्ष ओली र पूर्व गृहमन्त्री लेखकलाई विना सर्त रिहाइको माग गरिएको हो ।

सभामा पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले बालेन नेतृत्वको सरकारले सरकार गठन भएको २४ घण्टा नबित्दै असंवैधानिक ढंगले बिदाको दिन पारेर गरिएको गिरफ्तारी लोकतन्त्र विरोधी कदम भएको बताएका छन् ।

त्यस्तै एमाले नेता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले कार्की आयोगको त्रुटीपूर्ण प्रतिवेदनको आधारम गिरफ्तार गरिनु निन्दनीय भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here