ओली र रमेश लेखकलाई गलत ढंगले पक्राउ गरिएको : कांग्रेस

0
1

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले गलत ढंगले पक्राउ गरेको आरोप लगाएको छ।

कांग्रेसका पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले गोप्य आयोगको प्रतिवेदनलाई लिएर प्रश्न उठाएका छन्। उनका अनुसार उक्त प्रतिवेदन अपूर्ण रहेको र भदौ २३ र २४ गतेका घटनामा सरकारको भूमिका सन्देहास्पद देखिएको छ।

प्रवक्ता चालिसेले भने, “भदौ २३ र २४ गतेका घटनाबारे सरकारको व्यवहार प्रश्नयोग्य छ। त्यसबारे आएको प्रतिवेदन अपूर्ण छ। त्यसैले सरकारले कानुन विपरीत ढंगले अघि बढ्नु हुँदैन।”

उनले ती दिनका घटनामा सरकारको भूमिका रहेको भन्दै त्यसलाई निष्पक्ष रूपमा छानबिन गर्नुपर्नेमा जोड दिए। कांग्रेसले निष्पक्ष छानबिनको माग गर्दै सरकारले कानुनी प्रक्रिया पालना गर्नुपर्ने बताएको छ।

त्यस्तै, चालिसेले आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोमा पनि असन्तुष्टि जनाउँदै सरकार पारदर्शी हुनुपर्ने बताए। उनका अनुसार प्रतिवेदनको आधारमा गरिएको कारबाही कानुनसम्मत हुनुपर्छ, अन्यथा त्यसले देशमा अस्थिरता र द्वन्द्व निम्त्याउन सक्छ।

कांग्रेसले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here