दमकमा छोराको इटा प्रहारबाट बाबु घाइते

0
2

झापा, झापाको दमक नगरपालिकामा छोराले इटा प्रहार गर्दा बाबु घाइते भएका छन्।

गएराति करिब ९ बजेतिर दमक नगरपालिका–१० सेतुमारीमा बस्ने ४० वर्षीय केदार चौधरीमाथि उनका १७ वर्षीय छोरा मनिश चौधरीले टाउकोमा इटा प्रहार गरेका हुन्। सामान्य घरायसी विवादका क्रममा भएको झगडा उग्र बन्दा घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

इटा प्रहारबाट घाइते भएका केदार चौधरीको दमक अस्पताल मा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको टाउकोमा चोट लागेको छ, तर अवस्था मध्यम रहेको बताइएको छ।

घटनापछि फरार भएका मनिश चौधरीको खोजी कार्य भइरहेको नेपाल प्रहरी ले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here