काठमाडौँ,

सुनसरीको दुहवी नगरपालिका–४ मा भारत सरकारको सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु भएको छ ।
यहाँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायणसिंह र दुहवी नगरपालिका प्रमुख वेदनारायण गच्छदारले आज उक्त केन्द्रको संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।
भारतको करिब रु १६ करोड ४० लाख आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत दुहवी नगरपालिकामार्फत केन्द्र निर्माण गरिने दूतावासले जनाएको छ ।































