आमाले बच्चा जन्माएर मकैबारीमा फालेपछि…

0
2

झापा।

झापाको कमलमा आमाले बच्चा जन्माएर मकैबारीमा फालिदिएकी छन् ।

गाउँपालिका वडा नं ३ केर्खामा आमाले बच्चा जन्माएर मकैबारीमा फालेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मकैबारीमा रहेकी नवजात शिशु(छोरी) लाई सोमबार बिहान स्थानीयले उद्धार गरेका छन् ।

कमल ३ केर्खा बस्ने ४८ वर्षीय लिलाराज थापाको घरनजिकै रहेको करेसाबारीभित्र रहेको मकैबारीमा ती नवजात शिशुलाई फेला पारिएको थियो । थापाले आफ्‌नो मकैबारीमा बेवारिसे अबस्थामा शिशुलाई देखेर प्रहरीलाई खबर गरेका थिए ।

नाबालिका शिशुलाई स्थानीयबासीको सहयोगमा उद्धार गरी उपचारको लागि किओच बाल अस्पताल दमक पठाइएको छ । ती नाबालिकाको अबस्था तत्काल सामान्य रहेको छ । नाबालिका शिशुको आमाको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here