विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

0
2

काठमाडौँ,

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भू–भागमा आंशिक बदली भएको छ ।

गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।

आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहने छ भने पहाडी तथा तराई भू–भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागका केही तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधारणतया बदली रहने छ भने बाँकी हिमाली भू–भागमा आंशिक बदली हुनेछ । पहाडी तथा तराई भू–भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका केही तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकोले पछिल्लो मौसमीस्थितिबारे जानकारी लिन तथा आवश्यक सावधानी अपनाउनु हुन सर्वसाधारलाई महाशाखाले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here