बैतडी,

महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उहाँ आज बिहान बेपत्ता हुनुभएको हो । उहाँको खोजी जारी छ ।
यसैबीच, पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउदको शव सोमबार सोही नदीकिनारमा फेला परेको जनाइएको छ ।






























