सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

0
2

किमाथाङ्का (सङ्खुवासभा),

सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो ।

पाँचखपन–४ खानीगाउँस्थित भित्री सडकखण्डमा वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र१–०२–००३त ३८६६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आज विहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्रयाक्टरमा सहयोगी काम गर्ने २१ वर्षीय श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो ।

प्रहरीले ट्रयाक्टर चालक पाँचखपन–३ सिभुवाका १८ वर्षीय विकास दर्जीलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here