कमल ।

झापाको कमलमा कमल मिनी म्याराथुन हुने भएको छ । कमल युथ फाउण्डेसनको आयोजना आगामी २०८३ साल वैशाख १ गते नयाँ वर्षको अवसर पारेर कमल मिनी म्याराथुनको आयोजना गर्न लागिएको आज केर्खामा पत्रकार सम्मेल मार्फत जानकारी गराएको हो ।
“हामी युवाको प्रतिवद्धता,लागूऔषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराका साथ हुन लागेको म्याराथुन कमल गाउँपालिका ४ सिद्धार्थ चौक बाट शुरु भई वडा नम्बर २ को समायगढ, क्याम्पा बजार हुदै वडा नम्वर ३ को केर्खा बजारमा सम्पन्न हुनेछ । म्याराथुनमा सहभागीले १२ किलो मिटर दुरीको यात्रा तय गर्नुपर्ने हुन्छ ।
पछिल्लो समय कमल गाउँपालिकामा युवाहरु लागु औषध दुव्र्यसनी तर्फ लागीरहेकोले त्यसलाई न्युनिकरण गर्दै युवाहरुलाई लागूऔषध दुब्र्यसनी विरुद्ध सचेतना जगाउने , खेलकुद मार्फत युवाहरुलाई जोड्नुका साथै एकता भाइचारा र राष्ट्रियता कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कमल युथ फाउण्डेसनका अध्यक्ष जितेन साङपङ राईले बताउनुभयो ।
खेलकुदको माध्यम बाट कमल गाउँपालिकाई चिनाउनुका साथै , कमल गाउँपालिकाका युवालाई विभिन्न किसिमका बिकृती र विसंगतीमा लाग्न बाट जोगाउने उद्देश्यले पनि प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा कमल गाउँपालिकाका साथै छिमेकी पालिका बाट समेत सहभागिता रहने कायक्रम संयोजक आशिष लेछर्वाेले बताउनुभयो ।
प्रतियोगितामा प्रथम द्वतिय र तृतिय हुनेले क्रमश २० हजार , १५ हजार र १० हजार नगद सहित ट्रफि,मेडल र प्रमाण पत्र पाउने छन् । त्यस्तै टपटेन हुनेले मेडल प्राप्त गर्नुका साथै सहभागी सबैले प्रमाण पत्र पाउने सह संयोजक चक्र मावोले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुन चाहानेले कमल युथ फाउण्डेसनको फेसबुक पेज बाट र एक सय रुपैया तिरेर अनलाइन फर्म भर्न सकिने व्यवस्था समेत रहेको आयोजकले जनाएको छ ।


























