इलाम,

दानाबारी सामुदायिक सिकाई केन्द्र माई नगरपालिका ४ को १५औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ।
माई नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हेम बहादुर लायो मगरको प्रमुख आथित्यतामा सम्पन्न साधारण सभामा अध्यक्ष विमल दाहालले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष दुर्गाराज शंकरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
सिकाई केन्द्रका ५५ जना सदस्यहरु सहभागी रहेको साधारण सभामा प्रमुख अतिथि लायो मगर, अतिथिहरू वडा सचिव पवित्रा थापा, समाजसेवी खड्ग प्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
सामुदायिक सिकाई केन्द्रका अध्यक्ष बिमल दाहालको अध्यक्षता, परिचालक सिता भट्टराईको स्वागत र कोषाध्यक्ष दुर्गाराज शंकरले सञ्चालन गर्नु भएको साधारण सभामा वडा सदस्यहरु लेखमाया राई, कल्पना विश्वकर्मा, समाजसेवी हरि प्रसाद भट्टराई, शिक्षक खड्ग प्रसाद दुलाल, लालीगुराँस महिला समुहको अध्यक्ष गाैरीमाया काफ्ले लगायतको सहभागिता रहेको थियो।
आर्थिक बर्ष २०८१/०८२ को ३ लाख २४ हजार ५ सय रुपैयाँको आय व्याय पारित गरेको छ भने आर्थिक वर्ष २०८२/०८३ का लागि ७ लाख २० हजार ६ सय रुपैयाँ बराबरको प्रस्ताव माई नगरपालिकामा पेश गर्ने निर्णय गरेको छ।






























