कमल ।

देशैभर माध्यमिक शिक्षा परीक्षा ‘एसइई’ २०८२ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आजबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले लिने एसइइ परिक्षामा देशभरबाट पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । बोर्ड द्वारा सार्वजनिक तथ्यांकअनुसार यस वर्ष कुल ५ लाख ९ हजार ९ सय ६१ परीक्षार्थीले परीक्षा दिँदैछन् ।
यता माध्यमिक शिक्षा परीक्षामा झापाबाट ‘एसइई’ २०८२ मा १७ हजार ६६३ जना विध्यार्थि सहभागी भएको झापाका समन्वय इकाई प्रमुख कुमार बस्नेतले जानकारी दिनुभयो । जसमा छात्रतर्फ ८ हजार ७३१ तथा छात्रतर्फ ८ हजार ९३२ परीक्षार्थी रहेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई झापाले दिएको जानकारी अनुसार सहभागी मध्ये नियमिततर्फ ७ हजार ७२३ छात्रा तथा ७ हजार ६७८ छात्र गरी १५ हजार ४०१ जना विध्यार्थी परिक्षामा सहभागी रहेका छन् ।
ग्रेडवृद्धितर्फ १ हजार २९१ छात्रा तथा १ हजार ५३ छात्र गरी २ हजार २६२ परीक्षार्थी सहभागी छन् । भने प्राविधिक धारतर्फ कुल ५ सय ७४ परीक्षार्थी सहभागी हुने छन् । झापाका १ सय ६३ सामुदायिक तथा २ सय ४५ संस्थागत गरी ४ सय ८ विद्यालयका विद्यार्थी एसईई परिक्षामा सहभागी रहेको समन्वय इकाई झापाले जानएको छ ।
र्
झापामा एसइई परीक्षा सञ्चालनका लागि ५७ केन्द्र निर्धारण गरिएको छ । जसमा प्राविधिक धारतर्फका २ तथा संस्कृततर्फ का ४ केन्द्र र बाँकी साधारण तर्फ रहेको इकाई प्रमुख बस्नेतले जानकारी दिनुभयो । परीक्षा ‘बोर्डको निर्देशन अनुसार परीक्षा सकिए पछि आजबाटै परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न शुरु गरिने ईकाई प्रमुख बस्नेतले बताउनुभयो ।





























