साहित्यकार कृष्ण धराबासी दीर्घ साहित्य सेवा सम्मानित

0
2

झापा, साहित्यकार कृष्ण धराबासी दीर्घ साहित्य सेवा सम्मानबाट सम्मानित भएका छन्। अर्जुनधारा नगरपालिका भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिले यस वर्ष धराबासीलाई उक्त सम्मान प्रदान गरेको हो।

अर्जुनधारा नगरपालिकामा शुक्रबार आयोजित साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोहका बीच धराबासीलाई नगद एक लाख एक हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार प्रकाश बुढाथोकी, नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेलगायतले सम्मान गरेका थिए।

यसअघि उक्त सम्मानबाट २०७७ मा सरोजकुमार ओली, २०७८ मा विष्णुकुमार भट्टराई, २०७९ मा कालीबहादुर थापा, २०८० मा हस्त परियार र २०८१ मा कृष्ण बराल सम्मानित भइसकेका छन्।

नगर प्रमुख तामाङको अध्यक्षतामा सम्पन्न समारोहमा कार्यक्रमको उद्देश्य र औचित्यमाथि उपप्रमुख पराजुलीले प्रकाश पारेकी थिइन्। स्वागत भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिकी संयोजक कञ्चना काफ्लेले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गरेका थिए।

सोही अवसरमा साहित्य विमर्शसमेत गरिएको थियो। विमर्श कार्यक्रममा साहित्यकार चन्द्र भण्डारी, सीमा आवास र दीपेन्द्र आचार्य वक्ताका रूपमा सहभागी भएका थिए भने बहस सहजकर्ता सन्तोष आचार्य रहेका थिए। कार्यक्रममा साहित्यकारहरूले कविता, गीत र गजल प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here