चन्द्रपुर (रौतहट),

रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई बिभिन्न बाहनामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा यमुनमाई गाउँपालिक –२का सिकित नारायण, राजदेवी नगरपालिका –७ का बब्लुप्रसाद यादव, सोही ठाउका श्याम बिहारी यादव, परोहा नगरपालिक–७ का रामनरेशप्रसाद पटेल र गौर नपालिका–८ का राजेन्द्र राउत बरै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभएको छ ।
प्रहरीले गौर नगरपालिका–४ स्थित बसपार्क, वडा नं ३ स्थित जिल्ला अदालत, वडा नं ५ स्थित मालपोत कार्यालयलगायतका स्थानबाट ती व्यक्तिलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो ।
सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न काम छिटो गरिदिने भनि अनावश्यक झनझट दिने, तान्ने हैरानी गर्ने, सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटमा जाने र सोवापत अनुचित लाभ लिनेलगायतका कार्य गरेको भेटेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभएको छ ।
यसैबीच प्रहरीले जारी माध्यामिक शिक्षा परीक्षामा अनलाइन माध्यमबाट चिट चोरेको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिनुभयो ।































