बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको आयोजना तथा इक्यान केन्द्रको सहकार्यमा झापाको बिर्तामोडमा एक दिने टोफेल डाइरेक्टर्स ब्रिफिङ एण्ड इङ्गेजमेन्ट सेसन सम्पन्न भएको छ ।
इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा इक्यान केन्द्रका केन्द्रिय सदस्य अन्नतराज घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा इक्यान केन्द्रका केन्द्रिय सदस्य विवेक बस्नेतको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा इक्यान झापाका संस्थापक अध्यक्ष एवम् प्रमुख सल्लाहकार सुमान शर्मा जमरकट्टेल, इक्यान झापाका निर्वतमान अध्यक्ष रोशन सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा टोफेलको विषयमा ईटीएसका सौरभ श्रेष्ठले प्रशिक्षण दिएका थिए । उनले उच्च शिक्षा अध्ययन गर्न विभिन्न मुलुकमा जान इच्छुक विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको यस प्रक्षिणले झापामा शैक्षिक परामर्श दाताहरुलाई सहजता मिल्ने विश्वास ब्यक्त गरे ।

विद्यार्थीको मनोविज्ञान बुझेर विदेशमा अध्ययन गर्न जानको लागि परामर्श दिदैं आएकोमा झापामै टोफेलको प्रक्षिण प्रदान गर्नु अघि झापाका शैक्षिक परामर्श दाताहरुलाई यो विषयमा जानकारी गराइएको हो । टोफेल परीक्षामार्फत आफ्नो अंग्रेजी दक्षता प्रमाणित गर्न सकिने र टोफेल अंग्रेजी भाषामा शैक्षिक दक्षता प्रमाणित गर्ने सबैभन्दा रुचाइएको परीक्षण प्रणाली भएको प्रशिक्षक श्रेष्ठले बताए ।

सीप प्रवद्र्धन, उत्कृष्टतातर्फ अग्रसर गतिशीलता सशक्तीकरण र सबैका लागि, सबै ठाउँमा थप अवसरहरूको ढोका उघारेर शैक्षिक क्षेत्रको विकासका लागि यो प्रशिक्षण उपयुक्त हुनेमा आफुहरु विश्वस्त रहेको इक्यान झापाका तालिम विभाग प्रमुख नबीन बोहोराले बताए । भाषमा दक्षता हासिल गरेमा अध्ययनमा सहजता प्राप्त हुने भएकाले झापामा नै पहिलो पटक टोफेलको प्रशिक्षण आयोजना गरेको भन्दै प्रमुख अतिथी घिमिरेले इक्यान झापालाई बधाई तथा शुभकामना दिए ।

यस्ता कार्यक्रमहरुले विद्यिार्थीको वृत्ति विकासमा थप ठेवा पुग्ने भएकाले टोफेलको परिक्षा तथा कक्षा सञ्चालन झापामा कसरी गर्न सकिन्छ भनेर आफुहरु अघि बढ्ने इक्यान झापाका अध्यक्ष कार्कीले उल्लेख गरे ।

इक्यान झापाका उपाध्यक्ष अशोक भण्डारीले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विशाल सिटौलाले गरेका थिए ।































