इटहरीमा नायक सरोज खनाल र नायिका गौरी मल्ल आउदा …

१ फाल्गुन २०७२, शनिबार मा प्रकाशित

तुलसीप्रसाद निरौला

इटहरी ,माघ २९। नायक सरोज खनाल र नायिका गौरी मल्ल शुक्रवार अचानक इटहरीमा भेटिए । उनीरुलाई देख्दा स्थानीय पत्रकार तथा सर्वसाधारण चकित परेका थिए । कुनै समयका चर्चित नायक नायिका त्यहाँ फरक कार्यक्रममा भेटिएका हुन् । दुई दशकदेखि अमेरिकामा बस्दै आएका नायक खनाललाई देख्दा त झन् आश्र्चयमा परेका थिए उनीहरु । त्यो आश्र्चय र कौतुहलता क्षण भरमै मेटियो । आकस्मिक रुपमा रुपमा उनीहरु निल डेविड कटुवालले इटहरीमा खोलेको सैलुन एवम् एकाडेमीको उद्घाटन गर्न आएका थिए ।
चर्चित हेयरस्ट्यालिष्ट निलडेबिडले निलडेविड युनिसेक्स सैलुन एण्ड एकाडेमी सञ्चालनमा ल्याएका हुन् । इटहरीमलमा सञ्चालनमा ल्याएको उक्त सैलुनको शुक्रबार नेपाली चलचित्रका नायक सरोज खनाल र नायिका गौरी मल्लले उद्घाटन गरेका थिए ।
सन् २००६ मा काठमाडौंको सुनधारामा निलडेविट हेयर एण्ड व्यूटी सैलुन शुरु गरेका उनले सातौं शाखाका रुपमा इटहरीमा उक्त सैलुन सञ्चालनमा ल्याएको बताए । saron kk copy
कार्यक्रममा चर्चित नायक सरोज खनालले
समयको परिवर्तनसंँगै निल डेविडले हेयर स्टाइलको क्षेत्रमा ल्याएको परिर्वतनले समाज परिर्वतन गर्न मद्दत पुग्ने बताए । उनले आफू निलडेविडबाट प्रभावित भएको बताउँदै अहिलेका युवाले उनीहरुबाट पाठ सिकेर आत्मनिर्भर भए विदेशिनु नपर्ने बताए ।
त्यस्तै नायिका गौरी मल्लले कपाल काट्ने पेशालाई आधुनिकीकरण गर्दै व्यवसायिक रुप दिन सफल रहेकोमा निलडेभिडलाई धन्यवाद दिएकी थिइन् ।
कार्यक्रममा विराट पर्यटन प्रवर्दन विकास समितिका सदस्य रबीन गौतमले इटहरीको बदलिँदो शहरलार्ई आवश्यक पर्ने पूर्वाधार मध्येको एक अत्याधुनिक सैलुन सँचालनमा आउनु सुखद कुरा रहेको आंैल्याए । उनले भने – इटहरीमा आएका पाहुनाले गुणस्तरीय सैलुन खोजे ढुक्कसँग देखाउन मिल्ने भयो ।
त्यस्तै उद्योग वाणिज्य सँघ इटहरीका महासचिव दिवस पोख्रेलले इटहरीको व्यवसायमा सामेल हुन निलडेबिडले हेयरसैलुन एण्ड एकाडेमी सञ्चालन गरेकोमा गौरवको अनुभूति भएको बताए । उनले सँस्थाको हितका लागि इटहरीका व्यवसायीले सहयो
ग गर्ने समेत बचनDSC_0359 दिए ।
सैलुनका सञ्चालक निलडेभिड कटुवालले आफूले पेशालाई इमान्दार ढंगले सँचालन गर्ने बताउँंदै इटहरीवासीले सहयोग र सद्भाव दिनेमा आफू ढुक्क रहेको बताए । उनले भने – इटहरी बढ्दो शहरीकरण भएको शहर हो । म कैँचीको सहायताले इटहरीलाई अझै रँगिन बनाउँन चाहन्छु ।

कार्यक्रममा निलडेबिडका माता तुलसादेबी कटुवाल, इटहरी मलका सञ्चालक रेवती दुलाल , इटहरी लेडी जेसीजकी सुशीला ढकाल, निलडेबिड सैलुनका ब्यवस्थापन प्रमुख सन्तोष उपाध्याय, रबीन बुढाथोकी, राजन कटुवाललगायतको आतिथ्य रहेको थियो । सैलुनबाट महिला तथा पुरुषको अनुहार तथा रुप सुहाउँदो हेयर स्टायल,स्ट्रेट , फेसियल , मेकअप, नेलआर्ट, मेहन्दी ,होम ब्राडियल मेकअप तथा सौन्दर्य सम्बन्धी गुणस्तरीय सेवा दिइने बताइएको छ । त्यस्तै हेयर स्टायल र सौन्दर्य सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here