[भीमसेन सापकोटा]
ती एकलाई जान, जसलाई जानेपछि अरू जान्न केही बाँकी हुनेछैन । –शिवसुत्र
सबै भनिरहेका थिए, ‘यो वेश्या हो १ त्यसैले अब ढुङ्गाले हानेर मार्न तयार बन ।’ परम्पराअनुसार वेश्यालाई घिसारेर सडक बीचमा ल्याई ढुङ्गाले हानेर मार्न तयार भएको एक भीडमा जिसस पुगे । उनले भने– ‘एकै छिन पर्ख १’ भीडका अरूले चिच्याएर भने ‘किन पर्खने हाम्रो शास्त्रमा उल्लेख छ कि, वेश्यालाई सडकबीच ढुङ्गाले हानेर मार्नैपर्छ ।
जिससले थपे– ‘ठीक छ, हाम्रो शास्त्रमा यो पनि लेखिएको छ कि, जसले पाप गर्छ, त्यसलाई ढुङ्गाले हिर्काएर मार्नुपर्छ, त्यही न हो, तिमीहरूले भन्न खोजेको १’ ‘हो त्यही हो १’ जिससले पुनः थपे ‘त्यसो भए, यिनलाई ढुङ्गा हान्ने अधिकार त्यसलाई मात्र छ जसले जीवनमा पाप गरेकै छैन ।’ यो सुनेपछि सबै लज्जित बने, कोही कसैका हात उठेननन् । त्यसपछि सबै फर्किएर गए ।
कुनै न कुनै पाप सबैबाट जान–अञ्जानमा भएकै हुन्छ । कुनै समयमा नजानेर पाप गर्दैमा उसलाई सुध्रने मौका बन्द गर्नैपर्छ भन्ने छैन । उनलाई सोधिएको थियो तिमीले तिमीले किन यसो ग¥यौ ‘वेश्या देखेनौ १’ जवाफ थियो– जुन दिनदेखि म भित्रको वेश्यापन म¥यो त्यो दिनदेखि बाहिर संसारमा कोही वेश्या देखिन । यसको अर्थ हो, बाहिर जे देखिन्छ त्यो त भित्री मनको प्रतिबिम्ब न हो ।
सिग्मन्ड फ्रायडले भनेका छन्– ‘तिमी जे सोच्छौ बाहिरी संसार त्यसको प्रतिबिम्ब हो । सद्विचार बोकेर हिंड्ने मान्छेको अगाडि सबै कुरा सकारात्मक देखिन्छ । साधुमनले कसैलाई छोरा देख्दैन । महाभारत पुराणमा उल्लेख भएअनुसार युद्धिष्ठिरले समाजका सबैलाई मित्र देखेका थिए भने दूर्योधनले सबैलाई दुष्ट देखेका थिए । बुद्धको अगाडि डाकु पनि सन्त बने, अङुलिवाला बुद्धकै सत्संगले साधु बने ।
जबसम्म मनको विचार चोखिँदैन तबसम्म बाहिर संसार चोखो देख्न सकिँदैन । यिनै सन्दर्भलाई साधु कवीरले यसरी दर्शाएका थिए ‘कवीरा खडे बाजारमें, सबकी मागे खैर, ना काहु से दोस्ती, ना काहु से बैर ।’ सुखको लागि मानिस सबैथोक बदल्छ, भेष बदल्छ, देश बदल्छ, घर, जागिर, मित्र बदल्छ, श्रीमती बदल्छ तर पनि दुःखी हुन्छ किनकि उ आफूभित्रको स्वभाव र संसारलाई हेर्ने दृष्टिकोण बदल्न सक्दैन । अरू कुरा बदल्नै नहुने होइन तर आफू पनि सँगै बदलियो भने दुःखबाट मुक्ति मिल्छ भन्ने कुरा शाश्वत सत्य हो ।
त्यसैले भनिन्छ– सुखी रहन झोपडी बदलेर हुँदैन बरू खोपडी बदल्ने अभ्यासमा लाग्नु बेस हुन्छ । यसैलाई अमृत बिन्दु उपनिषद्–२ मा भनिएको छ– ‘मन एवम् मनुष्याणां कारणं बन्धमोक्षयो’ –मानिसको बन्धन र मोक्षको कारण नै मन हो । केहो त त्यो मन नियन्त्रण कला १ प्रथम रुची, दोस्रो प्रयास । तेस्रो निरन्तरता । चौथा उचाइवरण, सकारात्मक सोचको विकास, पाँचौ सम्यक जीवन, सम्यक सोच र सम्यक कर्मको निरन्तर यात्रा ।
प्रकाशको गति १,८६ हजार माइल प्रति सेकेन्ड हुन्छ । तर, हाम्रो मनको गति समयातीत छ, असीमित गति छ । विचार इथरभन्दा पातलो हुन्छ । विद्युत इथरमार्फत टाढा टाढा फैलिन सक्छ । यस्तै मनको तरंग पनि बिना उपकरण टाढासम्म फैलिन्छ । विचार विजुली चम्केझैं आफ्नो वरिपरि फैलिन्छ, वातावरण समाज हुँदै मानिसको मस्तिष्कमा पुग्छ । त्यसैले शुद्ध र सकारात्मक मन भएका मानिसले सहिष्णुता, शान्ति र विभेदरहित उर्जा प्रवाह गर्दछ ।
त्यसैले सद्विचारवाला व्यक्तिको नजिकमा रहँदा, वार्ता गर्दा आनन्द र शान्ति सजिलै प्राप्त हुन्छ । जुन गाउँमा झगडा छ बुद्ध त्यहाँ हजारौं आफ्ना शिष्यसहित जानु हुन्थ्यो र त्यो गाउँ विना कुनै कारण उहाँहरूको उपस्थितिले नै शान्तिमय बन्थ्यो भन्ने प्रमाण बुद्ध साहित्यमा छ । यसो त सकारात्मक विचार राख्ने र यहि बाटोमा हिंड्ने सत्पुरुषहरू स्वेट मार्डेन, जेम्स एलेन, नोमर्न भिन्सेन्ट, गुरु आनन्द मूर्ति, गौतम बुद्ध, स्वामी विवेकानन्द, नानक, सन्त कवीर, गोरक्षनाथ, डा। स्वामी प्रपन्नाचार्यलगायतले सयौंको जीवन धन्य बनाउन सफल भए । भाषण, वार्ता र सत्संगबाट लाखौंमा सकारात्मक भाव, आत्मविश्वास जगाए । अहिले तपाईं स्वयम् एउटा सकारात्मक विचार भएको ब्यक्तिसँग संगत बढाउनुहोस्, आफ्नै अनुभवले तपाईंलाई धेरै कुरा सिकाउने छ ।
सबै तिमी जीवनमा यति खुशी साथ बाँच कि, यदि कहिलेकाहिँ दुःख आइहाल्यो भने उसलाई लागोस् कि म त गलत जग्गामा आएछु ।
यस्तै एक सांसारिक व्यक्ति, बदला बोकेको मानिस, कलुषित मान्छेले वरिपरिको वातावरणमा असन्तोष फैलाउँछ । उनीहरूले फैलाएका घृणा, राग, द्वेष विस्तारै अरूको मस्तिष्कमा जान्छ र आफू दुःखी बन्छन् र अरूलाई पनि दुःखी बनाउँछन् । अरूको दुःख हेरेर मजा लिने मान्छे आफू कहिल्यै दुःखबाट मुक्ति प्राप्त गर्न सक्दैन । त्यसैले आजैबाट जीवनका हरेक दिन राम्रा दिन हुन् भनेर हेर्ने गरौं । हरेक दिन राम्रा नहुन सक्छन् तर हरेक दिनमा कुनै न कुनै चिज राम्रो घटेकै हुन्छ । त्यहि राम्रो कुरालाई डायरीमा लेख्नुहोस् । प्रेरणाका स्रोत बनाउनुहोस् ।
हरेक दुःखमा सम्झनुहोस्– तपाईं भित्र के राम्रो गुण छ र जुन दिन तपाईंलाई आफू व्यर्थ लाग्छ त्यस दिन आफूमा भएका राम्रा गुणहरूको सुची बनाउनुहोस् । हरेक मान्छेहरू नराम्रो हुन सक्दैनन्, बरु हरेक व्यक्तिमा कुनै न कुनै राम्रो गुण अवश्य हुन सक्छ । यही राम्रो गुण बोकेर हिंड्नुहोस्, मनमाथि विस्तारै लगाम लाग्ने छ । सुखलाई जतनले राख, यो छचल्की रहन्छ । विहानीको शितलाई सुर्यले स्पर्श गर्नासाथ यसको अस्तित्व हराएजस्तै । विचार बदलौं, दुनियाँ बदलौ । विचार बदलौं, अन्नन्त सुखको बाटो रोजौं । तिमी जे होइनौ त्यो नदेखाउ, जे छौं त्यो नछोप, वास्तविकताको पहिचानमा नै तिम्रो भित्री मन रमाउने छ ।
मन भित्रको यहि रहस्य जानौं, दुःखको बेहोसीबाट सधैंंका लागि जागिनेछ ।