नेपालमा वन र जीवको अवस्था

0
2896

राजेन्द्र खनाल]
स्वच्छ पर्यावरण मानिसहरुको निम्ति खुशीसाथ जीउने अति आवश्यक आधार हो । पर्यावरणीय क्षतिले सम्पूर्ण प्राणी मात्रलाई नकारात्मक असर गर्दछ । प्राणीको जीवन पारिस्थितिक प्रणालीमा निर्भर रहेकोले यो प्रणाली खलबलिने बित्तिकै जिउने एउटा महत्वपूर्ण आधारमा असर पर्दछ । हिजोआज जनसंख्याको वृद्धिसंगै वन बिनास, वन्यजन्तु विनास जस्ता घटनाहरु दिनानुदिन घट्दै गएका छन् । जसले गर्दा मानिसहरुकै कारण मानिसहरु जीउने एउटा भरपर्दो आधार भत्किन लागेको छ । विकासले विनास निम्त्याउँछ भने झंै मानव सभ्यताको चरमोत्कर्ष हँुदै गर्दा आफै बिनासका आधारहरु सृजना हुन थालेका छन् । विस्तारै पृथ्वी मानवको निम्ति प्रतिकुल बन्न थालेका छन् । यो हामी सबैको निम्ति चुनौतिको विषय हो । वन जंगल मान्छेको लागि कति आवश्यक छ भन्ने कुरा हामी सबैलाई थाहा छ तथापि यसको सुरक्षाको लागि हामी कोही लागेका छैनौं । नेपाल जल, जमिन र जंगलको लागि प्रख्यात देश हो । यहाँ विभिन्न किसिमका जंगल पाइन्छ र यिनका आ–आफ्नै विशेषता पनि छन् । जंगल वन्यजन्तुहरुको आरक्षण स्थल हो भने मान्छेको प्राणवायु पाइने स्रोत पनि हो ।
नेपालमा वनजंगलको अवस्था के कसो छ भनेर प्रायः विभिन्न संघ–संस्थाहरुले अध्ययन गर्ने गर्दछन् तथ्य सार्वजनिक गर्दछन् । यसैगरी विगत ५ वर्ष ( २०१०–२०१४ ) सम्म नेपाल सरकार र पिÞmनलैंड सरकारको दुइपक्षीय सहयोगमा राष्ट्रिय वनको सर्वेक्षण गरिएको थियो । उक्त संयुक्त प्रतिवेदन गत फाल्गुन २३ गते वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले सार्वजनिक गरेका थिए । यो प्रतिवेदनबाट नेपालको वन क्षेत्रको वारेमा धेरै कुरा देखाउने प्रयास गरिएको छ । यो प्रतिवेदन अनुसार हाल नेपालमा कूल क्षेत्रफलको जमिनको ६२ लाख हेक्टर भूमि ओगटेको छ जुन नेपालको कूल क्षेत्रफलको ४०% हो । बुट्यान क्षेत्रले ६ लाख ४८ हजार हेक्टर जमिन ओगटेको छ । जुन ४८%हो । यसरी नेपालको कूल जमिनको ४४%भू–भाग लगभग वन र बुट्यान क्षेत्रले ओगटेको रिपोर्ट उक्त प्रतिवेदनले देखाएको छ ।
कूल क्षेत्रफलको ३७% मध्य पहाडी क्षेत्रमा, ३२% उच्च पहाड़ी क्षेत्रमा, २५% हिमाली क्षेत्रमा र २३% तराई क्षेत्रमा एवम् बाँकी चुरे क्षेत्रमा वन रहेको तथ्यांकले देखाएको छ । कूल वनले ओगटेको क्षेत्रफल मध्ये संरक्षित क्षेत्रमा १७.३२% र बाँकी वन संरक्षित क्षेत्र भन्दा बाहिर रहेको छ । प्रतिवेदनमा भनिए अनुसार नेपालमा ४४३ प्रजातिका रुखहरु पाइन्छन् जसमध्येसबै भन्दा बढ़ी रुखका प्रजाति पहाडी क्षेत्रमा पाइन्छन् र सबै भन्दा कम तराई क्षेत्रमा पाइन्छन् । रुख प्रजातिको आधारमा हेर्दा नेपालमा सबैभन्दा बढी सखुवा प्रजातिका रुख पाइन्छन् भने त्यसपछि क्रमशः सांखु र खोटे सल्ला आदि आउँछन् । यो प्रतिवेदनले नेपालको वन क्षेत्रको सतही रिपोर्ट दिए जस्तो देखिए ता पनि यसको आधिकारिकता नकार्न नसकिने हुनाले हामीले यसलाई मूल्यांकन गर्न जरुरी देखिन्छ ।
अर्कोतिर विगतका वन सम्बन्धी रिपोर्टहरुले प्रत्येक बर्ष विभिन्न कारणले नेपालको वन मासिने गरेको र वन क्षेत्रमा मानव अतिक्रमण बढ्न थालेको देखाए तापनि यो प्रतिवेदनमा नेपालमा वन क्षेत्र बढ्दै गएको देखाइएको छ । जसको कारण हामीले मनन् गर्न जरुरी देखिन्छ । गत २० बर्ष अगाडि गरिएको राष्ट्रिय वन सर्वेक्षणको रिपोर्टको तुलनामा हालको रिपोर्टले प्रति हेक्टर जमिनमा रुखको संख्या बढेको देखाएको छ । अघिल्लो प्रतिवेदनले वन क्षेत्र २९% र बुट्यान क्षेत्र १% देखाएको थियो । एकातिर नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायमा ४०% देखि वन क्षेत्रलाई नघटाउने प्रतिबद्धता जाहेर गर्नु र वन सम्बन्धी ऐन अनिवार्य गर्नुपर्ने बाध्यताले पनि यो प्रतिवेदन प्रायोजित हुन सक्ने शंका जाग्नु स्वाभाविक हो । बिभिन्न समयकालका सर्वेक्षणका वन सम्बन्धी रिपोर्टलाई हेर्ने हो भने वन जंगल बढ्नुको ठोस् कारण खासै छैन एउटा आधार भनेको वन समुदायमा हस्तान्तरण गर्नु सकारात्मक पक्ष मान्ने हो भने कूल वनको सारै थोरै भाग मात्र समूहमा हस्तान्तरण गरिएको छ । वि.स. २०६३–०६७सम्म नेपालको ३० भन्दा बढी जिल्लामा २९ हजार ५००हेक्टर भन्दा बढी वन विनाश भएको विभिन्न स्रोतहरुले देखाई रहेको बेला यस्तो प्रतिवेदन आउनु अवश्य पनि शंकाको घेरामा पर्ने विषय हो । ठूलो क्षेत्र वन तस्करहरुको अतिक्रमणमा परेको पाइन्छ अनि वन विनाश चरमोत्कर्षमा पुगेको वेला आएको यो प्रतिवेदन कतिसम्म सफल र असफल छ त्यो खुल्दै जाला ।
नेपालमा संसार भरकै महत्वपूर्ण जीवजन्तु पाइन्छन् । बाघ, चितुवा, गैडा, हात्ती, घडियाल गोही, व्वासो, हिउ चितुवा तथा दुर्लभ चराहरु नेपालका बनमा पाइने दुर्लभ सम्पदाहरु हुन् । नेपालका संरक्षित वनमा यस्ता दुर्लभ वन्यजन्तु केही हदसम्म सुरक्षित हुन सके पनि प्रायः आज यिनको अवस्था चिन्ताजनक बन्दैछ । वन्यजन्तुको अवैध सिकार, चोरी निकासी तथा सिकार खेल्ने निहुँले गर्दा नेपालका दुर्लभ जीवजन्तु मासिएर जाँदैछन् । जलवायु परिवर्तनका कारण यस्ता जन्तुहरुको बासस्थान, आहारमा नै संकट उत्पन्न हुन थालेकोले पनि नेपाल आज जैविक विविधताको संरक्षणमा समस्या भोगिरहेको छ । जलवायु परिवर्तनका कारण हिमालको हिउ पग्लने हँुदा हिमालमा बस्ने लजालु जातको हिउँ चितुवा प्रायः लोप हुने अवस्थामा छ । उसलाई बस्ने अनुकुल हिउँको अभाव र खाद्यवस्तुको अभावमा दिनानुदिन यसको संख्या घट्ने क्रममा छ ।
जैविक विविधताको क्षेत्रमा विश्वमै ३१औं स्थान रहेको नेपालमा विश्वमा पाइने ८ प्रजातिका सालक मध्ये दुई प्रजातिका कालो र तामे सालक पाइन्छन् । फेरि नेपालमा ८ सय ६५ प्रजातिका चरा, १ सय ८६ प्रजातिका माछा, ७ हजार प्रजातिका फूल फुल्ने बिरुवा, २ सय ४६ प्रजातिका जडीबुटी, ५ हजार प्रजातिका किरा फटयाङ्ग्रा, ४ सय प्रजातिका बहुआयामिक बाली तथा लगभग ६० प्रजातिका खाध्य फलफूल पाइने बिभिन्न तथ्यांकले देखाएका छन् । नेपालमा १९ प्रजातिका लाटकोशेरा पाइन्छन्, जसले नेपाल विश्वमै जैबिक बिबिधतामा धनी रहेको छ । संसारमा २३ प्रजातिका गिद्द पाइने भएपनि हाम्रो देशमा टी मध्ये ८ प्रजातिका पाइने स्रोत बताउँछ । ति मध्ये पनि ४ प्रजातिका गिद्ध अति नै संकटमा रहेको तथ्य सार्वजनिक भएको छ । सरीसृप प्रजातिमा पर्ने सर्प नेपालमा ८६ प्रजातिका पाइन्छन् । नेपालमा ६५३ थरिका रंगिबिरंगी पुतली, २०० प्रजातिका माकुरा पाइने कुरा समेत सार्वजनिक भएको छ ।
नेपाल प्राकृतिक सम्पदामा कम धनी छैन । वन सम्पदा नेपालको हकमा महत्वपूर्ण साधन हो । नेपालको वन सम्पदा संसारकै उत्कृष्ट मुलुक मध्येमा पर्दछ । प्रकाश संश्लेषण प्रक्रियाबाट कार्बन डाइअक्साइड, नाइट्रोजन आदिलाई परिवर्तन गरी प्राणवायु सञ्चार गरी वनले मानिसलाई गुण मात्र गर्दैन अझ सम्पूर्ण जीवको निम्ति आवश्यक रासायनिक तत्वहरूसमेत जगेर्ना गर्ने काम एवम् जीवन जिउने महत्वपूर्ण क्षेत्रमा सहयोग पु¥याउने कार्य गर्दछ । पारम्परिक ऊर्जा आपूर्तिको प्रमुख स्रोतको रूपमा रहेको नेपालको वनजंगलबाट प्राप्त हुने दाउराले परम्परागत ऊर्जा स्रोतमध्ये ७६ दशमलव ४४ प्रतिशत स्थान ओगटेको छ जो नेपालको निम्ति अति नै महत्वपूर्ण हो । झण्डै ७५ प्रतिशत ग्रामीण जनतालाई उनीहरुका लागि खाना पकाउने इन्धनको रुपमा दाउरा नै प्रयोग गर्नुपर्ने बाध्यता नेपालमा छ भने धेरै जनताको लागि यसले बैकल्पिक उर्जाको कार्य समेत गरेको छ भने किसानहरुका लागी पशु आहाराका व्यवस्थापनको निम्ति वनले ४० प्रतिशत घाँस तथा तथा डाले घाँस प्रदान गर्दछ ।
नेपालको वन कसरी सुरक्षित छ भन्ने कुराको अध्ययन गर्ने हो भने सामुदायिक वन विकास कार्यक्रम एउटा प्रमुख माध्यम बन्न जान्छ । यो कार्यक्रम अन्तर्गत हालसम्म १४ हजार ३ सय ८९ उपभोक्ता समूह गठन भइसकेका छन् । जसमा १२ लाख २५ हजार ९ सय हेक्टर वन क्षेत्र हस्तान्तरण भएको छ भने सो कार्यक्रमबाट १६ लाख ५४ हजार ५ सय २९ घरधुरीका नेपाली नागरिकहरु फाइदा लिन सफल बनेका छन् । हाम्रो जस्तो गरीब मुलुकमा त वनमाथिको निर्भरता आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यावरणीय रुपमा झनै महत्वपूर्ण रहेको छ । अध्ययन अनुसार एउटा रुखले वार्षिक सरदर ५३ दशमलव ४ लिटर अक्सिजन विसर्जन गर्छ । बजारमा प्रतिलिटर अक्सिजनको मूल्य अनुमानित १५ रूपैयाँ पर्छ । यस्तै एक व्यक्तिलाई २४ घण्टामा श्वासप्रश्वासको लागि करिब १६ किलोग्राम अक्सिजन आवश्यक पर्दछ । यस्तो स्थितिमा श्वासप्रश्वासको लागि एक व्यक्तिलाई करिब ७ वटा रुखको आवश्यकता पर्दछ जुन अहिले आएर समस्याको कारण बनेर जाँदैछ । वन सम्पदाको फडानी, बिनास र अतिक्रमणको कारण नेपालमा मात्र होइन मानिस तथा सम्पूर्ण जीवले विश्वमै चुनौतिको सामना गर्नुपर्ने स्थिति आउन सक्दछ । हालै नेपाल र भारतको उच्चस्तरीय संयन्त्रले बाघ संरक्षणको लागि संयुक्त नीति बनाएको कुरा सार्वजनिक भएको छ जो वन तथा वन्यजन्तु संरक्षणको निम्ति खुशीको कुरा हो । हामी वन जंगललाई जति धेरै महत्व दिएर यसको संरक्षण र सम्बद्र्धनमा चासो राख्दछौ त्यति नै हामी सुखसँग बाँच्ने आधार धर्तीमा बनेर जाने छ । नत्र भने दिनानुदिन जीवको अस्तित्व धरतीमा संकटपूर्ण हँुदै जाने कुरा हामी नकार्न सक्दैनांै । हामीसंग भएका जीव र हामीसंग भएको जंगल जोगाउन सक्नु नै हाम्रो सफलता र प्रगतिको पाटो हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here