‘मिस पूर्व आइकन–२०१६’ को अडिसन शुरु

१८ श्रावण २०७३, मंगलवार मा प्रकाशित

बिर्तामोड । पूर्वी नेपालमै पहिलोपटक आयोजना गरिएको ‘मिस पूर्व आइकन–२०१६’को पहिलो अडिसन सोमवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । miss icon copy
पोजेटिभ मिडिया इभेन्टले १६देखि २५ बर्षका युवतीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरेको ‘मिस पूर्व आइकन– २०१६’को पहिलो अडिसनमा ३८ जनाले भाग लिएका थिए । कलाकारहरु सुशील नेपाल, रोनी खड्गी र सुष्मा अधिकारीले अडिसनमा निर्णायकको भूमिका निर्वाह गरेको पोजेटिभ मिडिया इभेन्टका चेतन अधिकारीले जानकारी दिए । बाँकी अडिसन १८ गते धरान, १९ गते इटहरी, २० गते दमक र २१ गते साउनमा इलाममा हुने जनाइएको छ ।
‘मिस पूर्व आइकन–२०१६’को अडिसनमा सहभागी भई छनौट भएकाहरुको नामावली साउन २२ गते सार्वजनिक गरिने पोजेटिभ मिडियाका अधिकारीले बताए । विभिन्न स्थानमा भएका अडिसनबाट छानिएका प्रतियोगीलाई २० दिनको बन्द प्रशिक्षणमा राखी विविध विषयमा प्रशिक्षण प्रदान गरेर व्यक्तित्व र नेतृत्व विकासमा टेवा पु¥याइने बताइएको छ ।
उक्त प्रतियोगितामा विजेता मिस पूर्व आइकनले भेस्पा स्कुटर पुरस्कारको रुपमा प्राप्त गर्ने र फस्ट रनरअपले नगद ५० हजार र सेकेण्ड रनरअपले नगद ३० हजारसहित विभिन्न पुरस्कार प्राप्त गर्ने कार्यक्रममा जानकारी दिइयो । प्रतियोगिता सम्पन्न गर्न गोपाल पोखरेल, चेतन अधिकारी, समिर मोदी, ऋचा सेढाई, प्रहिल कार्की र स्मृति ओली रहेको समिति समेत गठन गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here