खोलाले बगाएको अवस्थामा शब फेला

0
417

 

बिर्तामोड, भदौ १७ । झापा खोलाले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
रतुवा खोलाले बगाएर मृत अवस्थामा झापा गौरादह–९ बस्ने ४३ बर्षीया आशाकुमारी शर्माको शव फेला परेको हो ।
शर्माको शव आज बिहान खोलाले बगाएर ल्याएको अवस्थामा सोही ठाउँका बन्जन शर्माको धान खेतमा फेला परेको हो ।
हिजो साँझ गाईवस्तु लिन भनेर घरबाट हिडेकी शर्मा घर फर्केर नआएपछि बिहान खोजी गर्दै गर्दै जाँदा उनको शव खेतमा भेटिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here