सुरजको उपचारमा सहयोग जुट्दै

0
349

झापा, भदौ १९ । दुर्घटनामा परि गम्भिर घाइते भएका सुरज तामाङ्गको उपचारका लागि सहयोग जुट्न थालेको छ । नेपाल यातायात मजदुर संघ दमक नगर समितिले आइतबार झापाको दमकमा एक कार्यक्रमको आयोजना गरि ५० हजार रुपयाँ सहयोग गरेको छ । एक हप्ता अघि दमक २ स्थित हिमालय उच्च मावि नजिकै भएको मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका सुकुमबासी तामाङको आर्थिक अवस्थाका कारण स्वास्थ्य उपचार हुन नसकेको समाचार विभिन्न सञ्चार माध्यममा पढेपछि उक्त रकम परिवारलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको गरिएको संघका दमक नगर अध्यक्ष विश्वश काश्यपले बताए । उनको विर्तामोडस्थित वी एण्ड सी अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ । यातायात क्षेत्रमा काम गर्ने तामाङ्गलाई उपचारका लागि यस अघि पनि करिब १ लाख रुपयाँ सहयोग जुटि सकेको सुरज बचाउ अभियानका अभियान्ता शंकर बस्नेतले बताए । उनको उपचारमा अझै पनि खर्च अभाव भएका कारण अस्पतालबाट डिस्चार्ज गरेर ल्याउन नसकिएको उनकी आमा गंगामायाँले बताइन् । यस्तै हलुका यातायात मजदुर संघले पनि सुरजको उपचारमा १६ हजार सहयोग गरेको छ । उक्त सहयोग रकम पीडितको परिवारलाई हस्तान्तरण गरिएको संघका नगर अध्यक्ष बालकृषण श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here