झापा, भदौ २१ । पूर्वका चार जिल्लाका सुपारी उत्पादक किसान सङ्गठित भएका छन् ।
झापा, मोरङ, सुनसरी र इलामका सुपारी उत्पादक कृषक सङ्गठित भएका हुन् ।
झापाको चारआलीमा आज भएको भेलाले नीलकण्ठ तिवारीको अध्यक्षमा ‘सुपारी उत्पादक सङ्घ’ समेत गठन गरेको छ । भेलाले मङ्सिरमा समितिको अधिवेशन गर्न सदस्यता वितरण गर्ने निर्णय गरेको अध्यक्ष तिवारीले बताउनुभयो ।
नगदेबाली, सुपारीको उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि समितिले काम गर्ने बताइएको छ ।
पूर्वका यी चार जिल्लामा एक लाख १० हजार सुपारी उत्पादक रहेको अध्यक्ष तिवारीको भनाइ छ । भेलाले सुपारी कृषकलाई एकत्रित गरी अघि बढ्ने निष्कर्ष समेत निकालेको छ ।