झापामा नौसय सहकारी

0
319

 

दमक, असोज ७ । झापामा हालसम्म आठ सय ८३ सहकारी संस्था दर्ता भएका छन् ।

दर्ता भएका अधिंकाश सहकारी सहर केन्द्रितसँगै बचत तथा ऋणको कारोबार गर्ने रहेका जिल्ला डिभिजन सहकारी कार्यालयका प्रमुख दुर्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

गत आवसम्म दर्ता भएका सहकारीमध्ये ८९ वटालाई सहकारी नियमानुसार सञ्चालन नभएका पाइएकाले दर्ता खारेजी प्रक्रिया सुरु गरिएको छ । लगातार दुई वर्षसम्म साधारणसभा नगर्ने र मासिक प्रतिवेदन नबुझाएका कारण ती सहकारीको दर्ता खारेजीका लागि सिफारिस गरिएको हो । जिल्लामा सबैभन्दा बढी दमक नगरपालिकामा १४० सहकारी दर्ता छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here