चस्मा लगाउन नपाइने

0
397

 

काठमाडौँ, १ कात्तिक । अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्बिर खिचाउँदा चस्मा अनिवार्य रुपमा फुकाल्नुपर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

सो प्रावधान यही कात्तिक १६ ९नोभेम्बर १० बाट लागू हुने अमेरिकी राजदूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्बिर खिचाउँदा हालै शल्यक्रिया गरी आँखाको सुरक्षाका लागि चस्मा लगाउनैपर्नेजस्ता विशेष स्वास्थ्य अवस्थामा मात्रै चस्मा लगाउन पाइने उल्लेख छ ।

दूतावासले स्वास्थ्यका कारण चस्मा लगाउनैपर्ने आवेदकले आफ्नो आवेदनका साथ शल्य चिकित्सक वा आँखा रोग विशेषज्ञको हस्ताक्षर भएको पत्र पेस गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here