बिर्तामोडमा ग्लोवल कम्युनिकेशन

0
656

बिर्तामोड, कात्तिक ३ । वैदेशिक रोजगारीबाट फर्किएकाहरुले झापामा धमाधम नयाँ–नयाँ व्यवसाय सञ्चालन गर्न शुरु गरेका छन् ।
लामो समयसम्म युएईमा बसेर नेपाल फर्किएका झापा कनकाई नगरपालिका–१ दुर्गापुरका नवीनकुमार भट्टराईले रेमिट्यान्स र हवाई टिकटको व्यवस्थासहित बिर्तामोडमा ग्लोवल कम्युनिकेशन एण्ड मनी ट्रान्सफर सञ्चालनमा ल्याएका छन् ।

_MG_4650
वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि सर्वसुलभ ढंगले बिर्तामोडबाटै हवाई टिकटको व्यवस्था, विदेशमा बसेकाहरुले स्वदेशमा रकम पठाउनु परे रेमिट्यान्सको सुविधा एकै ठाउँबाट प्रदान गर्ने उद्देश्यले उनले मनि ट्रान्सफर सञ्चालनमा ल्याएका हुन् ।
१० लाख बढी रकम खर्चिएर उनले बिर्तामोडस्थित अतिथि सदन लाइनमा उक्त मनि ट्रान्सफर सञ्चालनमा ल्याएका हुन् । मनी ट्रान्सफरको उद्घाटन उद्योग वाणिज्य संघका उपाध्यक्ष कुमार भट्टराईले गरे ।
मनी ट्रान्सफरको उद्घाटन गर्दै उपाध्यक्ष भट्टराईले गाउँ–गाउँदेखि वैदेशिक रोजगारीमा जानेको संख्या दिनानुदिन बढ्दै गएको र विदेशबाट हुण्डीमार्फत स्वदेशमा पैसा पठाउदा ठगिने गरेको हुँदा मनी ट्रान्सफर मार्फत रकम पठाए सुरक्षित र भरपर्दो हुने भन्दै व्यवसायको सफलताको शुभकामना व्यक्त गरे । उनले भने– ‘टिकटीङका लागि काठमाडौंसम्म जानु नपर्ने, विदेशि यात्रुलाई समेत सुविधा भएकाले झापामा यसखाले व्यवसाय आवश्यक थियो ।’
छिटो छरितो र सहज रुपमा सेवा प्रदान गर्न उपाध्यक्ष भट्टराईले सञ्चालकलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here