विस्फोटक पदार्थसहित दुई जना पक्राउ

0
397

विस्फोटक पदार्थसहित दुई जना पक्राउ

 

बिर्तामोड ,  कात्तिक ६। ठूलो परिमाणमा विस्फोटक पदार्थसहित प्रहरीले दाङको तुलसीपुरवाट गएराति दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बराइन घर बताउने अरविन्दकुमार चक्रवर्ती र हेकुली गाविस –३ का नवीन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले बताउनुभयो ।

दुई बोरा विस्फोटक पदार्थसहित पक्राउ परेका दुबैजनामाथि विस्फोटक पदार्थ ओसारपसार तथा बिक्री वितरण सम्बन्धी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

नजिकँदो तिहार पर्वलाई लक्षित गरेर उक्त परिमाणको विस्फोटकजन्य पदार्थ बिक्री वितरणका लागि तुलसीपुर बजारमा ल्याएको हुन सक्ने अनुमान प्रहरीको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here