वीएण्डसीमा थप सेवा

0
431

बिर्तामोड, कात्तिक ६। वीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले दाँत, पिनास तथा मुखका रोगीहरुलाई लक्षित गर्दै अत्याधुनिक प्रविधिको मेसिन भित्र्याएको छ ।
बिरामीलाई सहज र शुलभ ढंगले सेवा प्रदान गर्ने उद्देश्यका साथ हस्पिटलले ओपीजी आर्थोपेन्टोमाग्राम मेसिन सञ्चालनमा ल्याएको शुक्रवार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । मुखको जोर्नी र दाँतको सम्पूर्ण जटिल समस्या पत्ता लगाउन उक्त मेसिनले सहज हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडीएस गरेकी डा. अर्पिता सिंहको सेवा रहने बताइएको छ ।
त्यस्तै अर्थोपेन्टोमाग्राम मेसिनको प्राविधिक काम पूजा पोखरेलले गर्ने जनाइएको छ । मेसिन मेची अञ्चलमै पहिलोपटक सञ्चालनमा ल्याइएको अस्पतालले दावी गरेको छ । मेसिनको सहायताले मुखका जस्तोसुकै जटिल समस्याको सहजै परीक्षण गरी निदान गर्न सहयोग पुग्ने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए ।
यसैबीच महिलालाई लक्षित गर्दै अस्पतालले ‘कलकोसकोप’ समेत सञ्चालनमा ल्याएको छ । अधिकांश महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको र त्यसको सफल उपचारका लागि परीक्षण गर्न मेसिनले सहयोग पुग्ने बताइएको छ । अस्पतालमा डाक्टर स्मृति जोशीसहित ६ जना गाइनो चिकित्सकले २४सै घण्टा सेवा प्रदान गर्ने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए । उनले भने– कलकोसकोप र ओपीजी मेसिन जस्तोसुकै जटिल समस्याको पनि पहिचान गरी निदान गर्न बरदान सावित हुन्छ ।
कार्यक्रममा चिकित्सक अर्पिता सिंह, स्मृति जोशी, अमरनाथ ठाकुर लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here