पत्रकारलाई जतिसक्दो छिटो सूचना सम्प्रेषण गर्ने

0
371

बिर्तामोड, कात्तिक ६ । प्रहरी प्रधान कार्यालय काठमाडौंबाट इलाका प्रहरी कार्यालय बिर्तामोडको जिम्मेवारी सम्हाल्न आएका प्रहरी नायव उपरीक्षक (डीएसपी) केशव थेवेले कानूनको अधिनमा रहेर पत्रकारलाई जतिसक्दो छिटो सूचना सम्प्रेषण गर्ने बताएका छन् ।
गत कात्तिक २ गते कारोबार सम्हाल्न आइपुगेका थेवेले शनिबार पत्रकार भेटघाटको आयोजना गर्दै यस्तो बताएका हुन् । उनले सूचना र प्रविधिबिना कोही पनि अघि बढ्न नसक्ने बताउँदै एकद्वार प्रणालीमार्फत सञ्चारकर्मी र सम्बद्ध सञ्चारमाध्यममा सूचना सम्पे्रषण गर्ने बताए ।
उनले सञ्चारकर्मीलाई जतिसक्दो चाडो सूचना दिने र अपराध न्यूनीकरणमा आफ्नो प्रमुख भूमिका रहने बताए ।
स्थानीयबासी, नागरिक समाज, राजनीतिकर्मी, बुद्धिजीवि, सञ्चारकर्मी सबैसँग सहकार्य गरेर शान्ति सुरक्षा सु–व्यवस्था गर्न आफू लागिपर्ने डीएसपी थेवेले बताए ।
पत्रकार भेटघाटमा प्रहरी निरीक्षक मधुकुमार थापा र जर्नादन घिमिरेले कार्यक्रमको सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here