३३ विपन्न परिवारलाई वाख्रा वितरण

0
348

झापा, पुस १३ । झापा दुहागढीका ३३ विपन्न परिवारलाई आयआर्जनका लागी मंगलबार बाख्राको पाठा वितरण गरिएको छ ।
महिला सञ्जाल छाता संगठनले दुहागढीको सहयोगमा यहाँका विपन्न परिवारलाई एक÷एक वटा वाख्राका पाठा वितरण गरिएको हो ।
महिला सञ्जाल छाता संगठनकी वडा अध्यक्ष हरिमाया बरालको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच उनीहरुलाई वाख्राका पाठा वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here