भद्रपुर, माघ २६ । निर्माण लहर प्रकाशन समूहद्वारा प्रकाशित निर्माण लहर साप्ताहिकले पाचौं वर्ष पूरा गरी छैठौँ वर्षमा प्रवेश गरेको छ ।
आर्थिक विषयलाई केन्द्रविन्दूमा राखेर २०६८ साल माघ २४ गतेदेखि निरन्तर रुपमा प्रकाशित निर्माण लहरले यसै अंकदेखि छैठौं वर्षमा प्रवेश गरेको हो । संभवतः मोफसलमै पहिलो पटक विधागत पत्रकारिताको अभ्यास गरिएकोमा विभिन्न आरोह–अवरोहको सामना गर्दै विषयान्तर नगई पाँचौ वर्ष पूरा गर्नु सफलता भएको पत्रिकाका प्रकाशक÷सम्पादक रोहित काफ्लेले बताए । उनले निर्माण लहरलाई माया गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।