खुल्ला दिसामुक्त नहुनुमा योजनाबद्ध परिचालन अभाव

0
311

बिर्तामोड, जेठ १ । स्थानीय सरोकारवालाहरुको योजनाबद्ध परिचालनको कमीका कारण खुल्ला दिसामुक्त अभियानले लक्ष्य प्राप्त गर्न नसकेको युएन ह्याविटेट् झापाका संयोजक बिनोदप्रसाद शर्माले बताएका छन् ।
अर्जुनधारा नगरपालिकाको आयोजना र युएन ह्याविटेट्को सहयोगमा खुल्ला दिसामुक्त अभियान सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रमलाई सहजीकरण गर्ने क्रममा कार्यक्रमको सहजकर्तासमेत रहेका संयोजक शर्माले सो कुरा बताएका हुन् ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राधाकृष्ण खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रमको औचित्य माथि नगरपालिकाका प्रशासकीय अधिकृत एवम् ओडीएफ कार्यक्रम संयोजक डेनजनी आचार्यले प्रकाश पारेका थिए । सहजकर्ताद्वय युएन ह्याविटेट् झापाका संयोजक शर्मा र पदमप्रसाद रेग्मीले सहजीकरण गरेको कार्यक्रममा नागरिक वडा मञ्चका संयोजक, नगरपालिकाका कर्मचारी, पत्रकारसहित २७ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नागरिक वडा मञ्च ४का संयोजक गजेन्द्र कटुवाल, ५का संयोजक राजकुमार चौहान, ७का संयोजक दुर्गाबहादुर कटुवाल, ८का संयोजक कृष्णप्रसाद गौतम, ९का संयोजक लीलाराज पौड्याल र ११का संयोजक कृष्ण श्रेष्ठले ओडीएफ अभियान अन्तर्गत वडामा भएका कार्यहरु बारे जानकारी गराएका थिए ।
त्यसैगरी कार्यक्रममा सहजकर्ता शर्माले ओडीएफ अभियानलाई सफल बनाउन कार्ययोजना निर्माण गर्नका लागि सहभागीहरुबाट नगरपालिकाभित्रका विविध विषयमा जानकारी तथा सुझाव संकलन गरेका थिए ।
आगामी कात्तिक मसान्तसम्म नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गर्न सहयोगी संस्थाको रुपमा यूएन ह्यावीटेट्सँग नगरपालिकाको सम्झौता भएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत खतिवडाले जानकारी दिए ।
सोही नगरपालिका अन्तर्गत हालको १, २ र ३ नम्बर वडा साविक खुदुनावारी गाउँ विकास समिति भने यस अघि खुल्ला दिसामुक्त गाविस घोषणा भइसकेको छ । हाल युएन ह्याविटेट्ले झापाका साविक २१ वटा गाविस र ६ वटा नगरपालिकामा ओडीएफ अभियान कार्यक्रममा सहयोगी संस्थाको भूमिका निर्वाह गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here