गायक तामाङको ‘कान्छीले’ नामक म्युजिक भिडियो विमोचन (भिडियोसहित)

0
514

काठमाडौँ, २६ जेठ । चर्चित नायिका रेजिना उप्रेतीले गायक अजय तामाङको ‘कान्छीले’ नामक गीतको म्यूजिक भिडियो बिमोचन गरेकी छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा श्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)ले आयोजना गरेको गीत बिमोचन एवम विशेष कवि गोष्ठी कार्यक्रमकी प्रमुख अथिति समेत रहेकी उप्रेतीले ‘कान्छीले’को बिमोचन गर्दै स्रष्टा अजय तामाङको खुलेरै प्रशंसा गरेकी थिन्।

उनले भनिन्,‘नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै गीत संगीतहरू निर्माण भैरहेका छन्, यसैमा गायक अजय जीले आफ्नै शब्द, संगीत तथा स्वरमा ‘कान्छीेले’ बोलको गीत बजारमा ल्याउनु भएको छ, यो गीत निक्कै मिठो छ।’

उनले अघि थपिन,‘अजयजीले अब यस गीतलाई बजार व्यवस्थापन गर्नुहुनेछ, आफ्नो रचनाको आँफैले प्रचार गर्नुपर्छ, स्रोताको कानसम्म पुर्याउन चेष्टा गायकले गर्नैपर्छ।’
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा सभापति अमृता स्मृतिले गायकलाई सांगितिक यात्रा सफल पार्नको लागि आफु र आफ्नो संस्था लागीपर्ने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्,‘ हाम्रो यो संस्था विगत लामो समय देखि रचना बाचन, गीत संगीत र साहित्यको विकास र बिस्तारको लागि काम गर्दै आएका छौ, आगामी दिनमा पनि यस्ता कामह गर्दै जानेछौँ।’
त्यस्तै गायक अजय तामाङले गीतको बारेमा सकारात्मक सुझाव दिनको लागि सबैमा अनुरोध गरेका छन् ।

 

उनले भने,‘मैले आफ्नै शब्द, संगीत तथा स्वरमा यो गीती एल्बम बजारमा आज पठाएको छु, तपाईहरूले हेरेर सकारात्मक सुझाव दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु।’

उक्त गीतको निर्देशन सन्तोस राजवाहक, छायाङ्कन ज्ञानेन्द्र शर्मा, सम्पादन टेकेन्द्र शाहले गरेका छन् भने उक्त गीतमा कमल सिँह र अक्षेता राईले अभिनय गरेका छन् ।
कार्यक्रमममा बिकु लामा, उर्मिला थपलियाले गीतको बारेमा शुभकामना दिएका थिए ।

कार्यक्रममा गजलकार कमल संघर्ष, यात्री प्रकाश पाण्डे, कवि सोझो गाउँले, सुनिता खनाल लगायतले आफ्ना रचना वाचन गरेका थिए । सुस्मिता जिज्ञासुले कार्यक्रम सञ्चालन गरेकीथिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here