झापा अर्जुनधारा नगरपालिका वाड न. आठ शनिश्चरे बजारमा पहिलो पटक सुविधा सम्पन्न होटल एंड लज संचालनमा आएको छ!
करिव ४० लाख को लागतमा ०७४-१०-११ गते विहिबार बाट संचालनमा आएको खान्की भ्यु प्वाइन्टको एक कार्यक्रमका बिच अर्जुनधारा नगरपालिका का मेयर हरिकुमार रानाले होटलको उद्घाटन ,लजको उद्घाटन अर्जुनधारा उधोग वाणिज्य संघका अध्यक्ष वसन्त सोमनी ,र लाइब्रेरी को उद्घाटन सभापति अभ्युदय भट्टराईबाट भएको हो!
६ वटा कोठा रहेको सो होटल पारिवारिक बाताबरण लाई ख्याल गरेर संचालनमा ल्याइएको होटलका संचालक कुमार भट्टराई ले जानकारी दिनुभयो!सो होटल तथा लजमा एकै पटक ५०-६० जनाले खान बस्न सक्ने र वाई फाई को पनि सुविधा रहेको बताइएको छ!
कार्यक्रममा प्रमुख अतिथि हरि रानाले भन्नुभयो-‘यस क्षेत्रमा सुविधा सम्पन्न होटल संचालनमा आन्तरिक तथा विदेसी पर्यटक हरुलाई समेत यस क्षेत्रमा हुने धरणा राख्दै खुशी व्यक्त गर्नु भयो!’
उद्घाटन कार्यक्रममा अर्जुनधारा गा.वि.स.का पूर्व अध्यक्ष कुन्दन भट्टराई ,अर्जुनधारा नगरपालिका का कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा,अर्जुनधारा उधोग वाणिज्य संघका अध्यक्ष वसन्त सोमनी लगायतले सुभकामना मन्तब्य राख्नु भएको थियो!
संचालक कुमार भट्टराईले स्वागत मन्तब्य राख्नुभएको उक्त कार्यक्रमको संचालन पत्रकार दिपिन राईले गर्नु भएको थियो!