कोच संस्कृति संरक्षणमा जोड

0
555

बिर्तामोड, कोच सांस्कृतिक कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुरेन्द्र कार्कीलाई लोक–नृत्य हेर्ने ठूलो इच्छा थियो । तर, त्यहाँ आधुनिक गीत मात्र प्रस्तुत गरियो ।
कोच राजवंशीहरुको पुरानो लोकगीत देशकै सांस्कृतिक सम्पदा हो, यसलाई राज्यले संरक्षण गर्नुपर्छ– कोचिला गाभ्रुर फ्रन्ट मेचीनगर समितिले शनिवार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कार्की भन्दै थिए । उनले कुनै जातिको भाषा, संस्कृति जोगाउने जिम्मा सम्बन्धित जातिलाई नदिएर राज्यले नै लिनुपर्ने बताए । राज्यले उत्प्रेरणा नदिएसम्म देशका जातजाति र भाषाभाषीको भाषा संस्कृतिको जगेर्ना नहुने उनको ठोकुवा छ ।
त्यसैगरी प्रदेशसभा सदस्य गोपाल बुढाथोकीले राज्यले सबै जातजातिलाई नेपाली भाषाको प्रयोगका लागि बाध्य बनाउन नहुने बताए । विभिन्न जातजातिले आ–आफ्नो भाषा, संस्कृतिको प्रयोग, संरक्षण र सम्मान गर्न पाउनुपर्नेमा उनको जोड थियो । कोचिला गाभ्रुर फ्रन्ट मेचीनगरका अध्यक्ष मुकुन्दचन्द्र राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशी, कोचिला स्वास्थ्यकर्मी फ्रन्टका अध्यक्ष रणदेव हजाम, शिक्षक फ्रन्टका अध्यक्ष कुवेर राजवंशी लगायतले बोलेका थिए ।
त्यस अवसरमा कोच समुदायको लागि योगदान दिने धमेन्द्र राजवंशी, नीता राजवंशी, जंगबहादुर राजवंशी, रंजु राजवंशी, सन्तोष राजवंशी, जश्ना राजवंशी, सुष्मा राजवंशी, धर्मदेव राजवंशी, नेत्र राजवंशी र कुमार राजवंशीलाई सम्मान गरिएको थियो । त्यस्तै ज्येष्ठ नागरिक गणेश राजवंशी र पात्ली राजवंशीलाई पनि नगदसहित सम्मान गरिएको थियो । मुनीलाल राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन किरण राजवंशी र मनोरम राजवंशीले गरेका थिए ।
कोचिला गाभ्रुरले राजवंशी जाग समाजको सहयोगमा मेचीनगर–१२मा दुई दिने कार्यक्रम आयोजना गरेको हो । आइतवार मेची टिष्टा, लाहाङकारी गाअन उत्तर बंगाल भारतको शिक्षार उन्नति ज्ञानेर अभाव र आल्सीयार संसार बन्धनेर जालान नामक दुई वटा जनचेतनामूलक नाटक मञ्चन गरिने आयोजकले बताएको छ । त्यस अवसरमा कोच राजवंशी कल्चरल सोसाइटीद्वारा फोटो प्रदर्शनी समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here