कटारी गोल्डकपको उपाधि झापा ११ लाई

१८ चैत्र २०७४, आईतवार मा प्रकाशित

झापा, चैत १७ । उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपको उपाधि झापा ११ हात पारेको छ ।
शनिबार भएको फाईनलमा संकटालाई टाईपब्रेकरमा २ का विरुद्ध ४ गोल गर्दै झापा ११ ले उपाधिसँगै नगद ५ लाख हात पारेको हो । उपविजेता संकटाले नगद २ लाख ५१ हजारमा चित्त बुझायो ।
टाईपब्रेकरमा झापाका कर्ण लिम्बू , देबेन्द्र तामाङ्ग , विशाल गुरुङ्ग , र प्रबेश गुरुङ्गले गोल गरेका थिए ।
गोल्डकपको उत्कृष्ट खेलाडी झापाका विकाश गुरुङ्ग भए उनले एउटा माउन्टेन साईकल प्राप्त गरे । म्याच अफ सिरिन्च झापाका निशान्त खड्का भए । उनले नगद ५ हजार हात पारे । उत्कृष्ट गोल रक्षक झापका मनोज प्रधान उत्कृष्ट डिफेन्स संकटाका सुरज विश्वकर्मा र उत्कृष्ट मिडफिल्डर संकटाका विश्व अधिकारी भए उनीहरुलाई क्रमश ः एक एक थान मोवाईल प्राप्त गरेका छन् ।
गएको शनिबारदेखि सुरु गोल्डकपमा डिभिजन लिग खेलिसकेका टिमहरु सहित ८ टिमको सहभागिता रहेको थियो । प्रथम कटारी गोल्डकप पनि झापा ११ लै कब्जा गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here