अप्टिमिष्ट क्लव अफ झापाको नेतृत्व चयन

११ जेष्ठ २०७५, शुक्रबार मा प्रकाशित

झापा, जेठ ११। अप्टिमिष्ट क्लव अफ नेपाल अन्तर्गत गठन गरिएको अप्टिमिष्ट क्लव अफ झापाको अध्यक्षमा खगेन्द्र ओली चयन भएका छन् ।
संस्थाको बिर्तामोडमा भएको भेलाले ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि गत माघ १८ गते रक्तदान गरेर संस्थाको उद्घाटन गर्दै ओलीकै अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो । नवगठित समितिको उपाध्यक्षहरुमा निरज ढुंगेल, मुकुन्द दाहाल, शिरोमणि पौडेल, सचिव रामप्रसाद काफ्ले, सहसचिव राजेन्द्रप्रसाद नेपाल र कोषाध्यक्ष युवराज मैनाली रहेका छन् । त्यस्तै सदस्यहरुमा रमेश ओली, गोमा भट्टराई, चिरञ्जीवी रेग्मी रहेका छन् भने प्रवक्तामा गोविन्द गिरी रहेका छन् ।
त्यस्तै संगठन बिस्तार गर्न संस्थाले विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । उपसमिति अन्तर्गत संगठन बिस्तार उपसमितिमा माधव लम्साल, गोविन्द सिलवाल, कामेश्वर गणेश रहेका छन् । त्यस्तै आर्थिक संयोजन उपसमितिमा खगेन्द्र ओली, निरज ढुंगेल, शिरोमणि पौडेल रहेका छन् । त्यस्तै योजना उपसमितिमा राजनप्रसाद नेपाल, हेमराज श्रेष्ठ, सागर सिलवाल रहेका छन् भने सञ्चार उपसमितिमा तुलसीप्रसाद निरौला, गोविन्द गिरी, लक्ष्मी भट्टराई रहेका छन् ।
त्यस्तै महिला संगठन प्रमुखमा गोमा भट्टराई र संस्थाको प्रेस सल्लाहकारमा तुलसीप्रसाद निरौला रहेका छन् । विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले २५ जना झापाका युवा मिलेर गत माघ १८ गते रक्तदान गरी अप्टिमिष्ट नेपाल अन्तर्गत अप्टिमिष्ट क्लव अफ झापाको तदर्थ समिति गठन गरिएको थियो ।
अप्टिमिष्ट क्लव अफ नेपालको मातृ क्लव अमेरिकामा रहेको अप्टिमिष्ट इन्टरनेशनल क्लव भएको र नेपाल लगायत २५ वटा देशहरुमा अप्टिमिष्ट क्लवको स्थापना गरिएको अध्यक्ष ओलीले बताए । दक्षिण एसियामा पहिलो देशको रुपमा नेपालमा अप्टिमिष्ट क्लव अफ नेपालको स्थापना गरिएको उनले बताए । संस्थाले गत माघ १८ गते रक्तदान र गत चैत २४ गते झापाको बिर्तामोडबाट सामूहिक आँखा दान राष्ट्रिय अभियान शुभारम्भ गरेको उनले बताए । संस्थाले विभिन्न सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै लैजाने उनले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here