कांग्रेसले आंैल्यायो १२ विसंगति

१२ जेष्ठ २०७५, शनिबार मा प्रकाशित

काठमाडौं, जेठ १२। बाम गठबन्धनको सरकारले आफ्नो कार्यकालको सय दिन पूरा गरेको छ । यो सय दिनमा सरकारले गरेको काम र प्रगति औंल्याउँदै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले सय दिनमा झिनो प्रगति गरेकोे बताएका छन् ।


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले पहिल्याएको १२ विसंगति प्रस्तुत गरेका छन् ।
जसमा प्रधानमन्त्रीले देश, जनता र भगवानको नाममा शपथ नखानु, सरकारको मनोवैज्ञानिक दबाबमा राष्ट्रपतिले कांग्रेस नेतृत्वको सरकारले सिफारिस गरेको राष्ट्रियसभा सदस्यको मनोनयन अस्वीकार गर्नु, संघीयतालाई बलियो बनाउनुका साथै राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण जस्ता निकायलाई प्रधानमन्त्री कार्यालय मातहत राखिनुलाई उनले विसंगतिको रुपमा लिएका छन् ।
त्यसैगरी संविधान संशोधनलाई बार्गेनिङ चिप्सको रुपमा मात्र प्रयोग गर्नु, श्वेतपत्रमा नकारात्मक सूचकमात्र देखाएर ढुकुटी रित्तो छ भन्नु, न्यायालयलाई नेतृत्वविहीन राख्नु, प्रदेश सरकारलाई बलियो बनाउन ऐन कानून, बजेट विनियोजन नगर्नु, राष्ट्रवादको नारा दिए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा देखाएको चरित्रलाई पनि कांग्रेसले विसंगति भनेको छ ।
कर्मचारीको मनोबल गिराउनु, कांग्रेस पार्टीलाई प्रतिपक्ष नै होइन भन्नु, अत्यावश्यक सामानको मूल्यवृद्धि हुनु र नीति तथा कार्यक्रममा एक वर्षे कार्यक्रमहरु नआउनुलाई पनि कांग्रेस प्रवक्ता शर्माले विसंगतिको रुपमा लिएका छन् । सर्बोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न ढिलाई गर्नु, प्रदेश सरकारलाई आबश्यक नीति तथा कार्यक्रमहरु र आबश्यक बजेट उपलब्ध गराउन नसक्नु पनि यो सरकारको कमजोरी भएको उनले उल्लेख गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here