कन्दङ्वाद्वारा सहयोगको अपिल

११ पुष २०७५, बुधबार मा प्रकाशित

 

बिर्तामोड, ।आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि झापाको बिर्तामोड–२ का खड्गबहादुर कन्दङ्वा लिम्बूले सबैसँग आर्थिक सहयोगको याचना गरेका छन् ।
दुवै मृगौलामा समस्या देखिएपछि दुई वर्षदेखि मृगौलाको डायलासिस गराउँदै आएका उनले थप उपचारका लागि आर्थिक अभाव भएसँगै सहयोगको याचना गरेका हुन् । श्रीमती बद्धमाया लिम्बूले मृगौला दिने भए पनि मृगौला प्रत्यारोपणमा लाग्ने खर्च नभएका कारण ज्यान बचाइदिन उनले सबैसँग सहयोगको आग्रह गरेका हुन् ।
यसैबीच उनको सहयोग संकलनका लागि राजु राईको संयोजकत्वमा खड्गबहादुर बचाउँ अभियान शुरु गरिएको बताइएको छ । समितिमा बादल राई, होमकुमार लक्सम, आशबहादुर लक्सम रहेका छन् । मृगौला प्रत्यारोपणका लागि २० लाख रुपैयाँ लाग्ने भन्दै खड्गबहादुरले सबैसँग आर्थिक सहयोग माग गरेका हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here