इनरवील क्लव अफ बिर्तामोड मिडटाउनको पोखरेल

0
634

 

बिर्तामोड, बिर्तामोडमा रोटरी क्वलक्लव अफ बिर्तामोडको इनरवील क्लव गठन भएको छ । भूमिका भण्डारी पोखरेललाई इनरवील क्लव अफ बिर्तामोड मिडटाउनको चाटर प्रेसिडेन्टमा चयन गर्दै उक्त क्लव गठन भएको हो । बिर्तामोडस्थित होटल हेवनमा आयोजित चाटर प्रेजेन्टेसन सेरोमनीमा रोटरी क्लव अफ बिर्तामोड मिड टाउनकी प्रेसिडेन्ट सुभकुमाई पाठक र इनरवील नेशनल रिप्रेजेन्टेटिभ कमलप्रभा खरेलले पोखरेललाई गन, ग्याभल हस्तान्तरण गर्दै चेन पहि¥याइदिएका थिए ।

क्लवको उपाध्यक्षमा रेणु वंशल , सचिवमा जमुना भूषाल शर्मा र कोषाध्यक्षमा मनिका अग्रवाल चयन भएका छन् । सम्झना भण्डारी इन्टरनेशनल कोअडिनेटर र जुनु विमली संचार संयोजकमा चयन भएका छन् । समितिको सदस्यमा सुजता न्यौपाने, वर्षाराज भण्डारी, कमला पौडेल, गीता खरेल, निलम अग्रवाल ,रीजु श्रेत्री, लुना सिवाकोटी, स्वेता थापा, इन्दिर थापा, रेखा अग्रवाल, निलम अग्रवाल र अनिता शर्मा रहेका छन् । सो समारोहमा चाडर प्रेसिडेन्ट पोखरेलको परिचय पाठकले गराएकी थिइन् । इनरवील क्लव अफ बिर्तामोड मिडटाउनकी भ्वाईस रेणु वंशलले स्वागत गरेको कार्यक्रममा इनरवील क्लव सिलिगुडी उत्तरायनकी चाटरप्रसिडेन्ट शान्ति पारिक, बिर्तामोड नगरपारपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाई लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी इनरवील नेशनल रिप्रेजेन्टेटिभ खरेलको वारेमा लुना वस्नेतले परिचय गराएकी थिइन् । इनरवील क्लव अफ बिर्तामोड मिडटाउनकी इन्टरनेशनल कोअडिनेटर सम्झना भण्डारीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन सचिव जमुना भूषालले गरेकी थिइन ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , चेम्वर अफ कर्मस झापाका अध्यक्ष सन्तोष अग्रवाल, वीरता लेडी जेसीजकी अध्यक्ष सरु भूर्तल खनाल, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडक सभापति सजेस शिवाकोटी लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here