चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती र भाउजु घाइते

0
904

 

झापा, मेचीनगर नगरपालिका – १५ का ४० वर्षीय प्रकाश राउतको शनिवार विहान परेको चट्याङ लागेर मृत्यु भएको छ ।

घर नजिकैको खेतमा काम गरिरहेका उनलाई पानीसँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार चट्याङका कारण राउतकी श्रीमती ३५ बर्षीया सुनिता राउत र उनकी भाउजु ३६ बर्षीया मञ्जु राउत घाइते भएका छन् । घाइते दुवै जनाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here