नेपाल आयुर्वेद संघमा गिरी निर्वाचित

0
596

 

झापा, नेपाल आयुर्वेद औषधि व्यवसायी संघको अध्यक्षमा जंगराज गिरी निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न संघको चौथो साधारण सभाबाट गिरीले निकटतम प्रमुख प्रतिस्पर्धी विष्णु सिंखडालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको महिला उपाध्यक्षमा निर्मला खत्री विजयी भएकी छिन् । छविरमण अधिकारी र भवनाथ लम्साल सचिव पदमा निर्वाचित भएका छन् । कोषाध्यक्षमा कृष्ण सुवेदी विजयी भएको बताइएको छ । संघको सदस्यमा विनोद अधिकारी, डिल्लीप्रसाद घिमिरे, विदुर ढकाल, वेदव्यास सुवेदी र सुधा अधिकारी सदस्य पदमा निर्वाचित भएका छन् । सात वटै प्रदेशका प्रतिनिधि यस अघि नै चयन भइसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here